‘हामीलाई परमादेशबाट हटाइएको छ, जनादेशबाट फेरि सरकारमा फर्कने छौँ’

Sana Kishan
Total
30
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आउँदो चुनावपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गर्नुभएको छ । तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हट्नुपरेको बताउँदै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताउनुभएको हो ।

Arus

नेकपा एमाले ललितपुर जिल्ला कमिटीले आज शुक्रवार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले पालिका, प्रदेश र सङ्घीय तहको चुनावको तयारीमा जुट्न पनि पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभयो ।

प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘हामीले पालिकाको चुनावको तयारी गर्नुछ । अबको १५÷१६ महिनापछि हुने प्रदेश र सङ्घको चुनावका लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि फर्कने छौँ, हामी सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । नागरिकको मायाबाट हामी फेरि फर्कनेछौँ र फेरि देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभियानका साथ अघि बढाउनेछौँ ।’

प्रवक्ता ज्ञवालीले भूमिसम्बन्धी आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्र विरोधी गतिविधि गरेको, मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो ।

Indreni

यस्तै उहाँले लिपुलेक नेपाली भूमिलाई समस्याका रूपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरूप्रति पनि आक्रोश व्यक्त गर्नुभयो । उज्यालो अनलाइन बाट सभार

Total
30
Shares
सम्वन्धित समाचार
Total
30
Share