सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रगतिशील जनवादी साहित्यकार साेराडी

” राहतकाे नाममा पनि लुट देखियाे सच्चाइकाे पर्दाभित्र झुट देखियाे।

एकै थालमा भात खानेहरूमा पनि दुनियाँसामु छर्लङ्गै फुट देखियाे ।” …………… ( लकडाउन गजल सङ्ग्रह २०७७ ) आम जनताका जीवनसँग सराेकार राख्ने बिषयबस्तुहरू तथा समसामयिक बिषयबस्तुहरूलाई काव्यात्मक शैलीमा उतार्न खप्पिस साहित्यकार साेराडीका सिर्जनाहरूमा जनताकाे समाज , समाजिक विभेद, वर्ग सङ्घर्ष , त्याग र बलिदानका बिम्बहरू छरपस्ट पाइन्छन् । गरिखाने बर्गकाे अावाज बुलन्द गर्ने साेराडीका सिर्जनाहरूमा रूढिवादी साेच र चिन्तन, समाजिक विभेद , चाकरी र दलालीकाे कारण समाजमा व्याप्त अात्मसमर्पणवादी, पलायनवादी तथा निराशावादी प्रवृत्तिका विरुद्ध द्वन्दात्मक भाैतिकवाद र वैज्ञानिक समाजवादकाे प्रकाशले प्रस्फुटित हुने सुनाैला नव-अाशा किरणहरू प्रचुर मात्रामा नियाल्न सकिन्छन् ।

आमा हिरा दयाल र बुवा मगनी दयालका काेखबाट बिक्रमकाे २०३२ साल असाेज १६ मा साबिक शिवनाथ गाविस -६, हालकाे मैलाैली नगरपालिका-७ , ताेल्या, तल्लाे स्वराडमा जन्मेकाे गरिब श्रमजीवी उत्पिडित जनताकाे छाेराे कर्ण दयाल “साेराडी” अाफ्ना सिर्जनाहरु मार्फत भेदभाव रहित समतामुलक समाज निर्माणकाे दिशामा सचेत वर्गले सकारात्मक साेचका साथ अगाडि बढ्नु पर्ने कुरामा जाेड दिनुहुन्छ । निसहाय गरिब तथा समाजिक उत्पिडनमा जीवन जिउन बाध्य रहेका अाम शाेषित पीडित जनताकाे अावाज मुखरित गर्ने साेराडीका गजलहरुमा बिसङ्गत जीवनप्रति तीब्र असन्तुष्टि र राेष प्रकट गर्दै गरिखाने बर्गकाे मुक्तिका लागि इमानदारीपूर्वक सङ्घर्ष गरे वीजय निश्चित हुने भाव अभिव्यक्त गरेकाे पाइन्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

” ऐन आउला कानुन आउला गरिबका लागि, कार्यान्वयनमा भिटाे लाउला गरिबका लागि । ………………..” “देशले जुनसुकै बेला पनि रगत माग्न सक्छ नाममा वारेन्ट हातमा हतकडी लाग्न सक्छ । ….. असम्भव कहाँ छ र मात्र डटेर अगाडि बढे, एकदिन गरिबले आफै शासन हाँक्न सक्छ।” (आमने सामने गजल सङ्ग्रह ,२०७७) प्रगतिशील लेखक सङ्घ, बैतडीका अध्यक्ष समेत रहेका साेराडीले गजललाई क्रान्तिकारी धार र प्रभावमा प्रवाहित गराउँदै गजलमा बिम्बात्मक रूपमा केवल सिङ्गारिक तथा प्रेम प्रणयका भावहरू मात्र अभिव्यक्त गर्नुपर्छ भन्ने मान्यता राख्ने परम्परावादीहरूलाई आफ्ना सिर्जनाहरू मार्फत ठूलाे शब्द झापड प्रहार गरेकाे पाइन्छ । उनका सिर्जनाहरूमा समाजमा माैलाउँदै गइरहेको गलत परिपाटी, बिकृति र बिसंगतिले गर्दा आज मान्छेहरू दम्भ र घमण्डले दिग्भ्रमित भएर आफुलाई सर्वाेपरि ठान्ने तथा मान्छेलाई मान्छेसम्म नठानी व्यवहार गरिरहेकाे कुरा प्रति तिखो ब्यङ्ग्य प्रहार गरेकाे पाइन्छ ।

” न सत्तापक्ष न प्रतिपक्ष काेही बाेल्दैनन् न जितेका न हारेका काेही बाेल्दैनन् हत्या-हिंसा, बलात्कार खुलेआम चलिरहँदा घुसखाेरी र भ्रष्टाचारले सीमा नाघिरहँदा जताततै दलाली माैलाउँदा पनि किन काेही बाेल्दैनन् ?” …………( बेवारिसे लाैराे कविता सङ्ग्रह साेराडीकृत गजल सङ्ग्रहहरू लकडाउन र अामने सामने तथा कविता सङ्ग्रह बेवारिसे लाैराे एकै बर्ष २०७७ सालमा तिम्ल्याहा सन्तानका रूपमा जन्मिएका देखिन्छन् ।तीनवटै कृतिहरुमा विचरण गर्दा कतिपय ठाउँमा भाषागत त्रुटी रहेका र कतिपय सिर्जनाहरू परिस्कृत गर्नुपर्ने अवस्था देखिए पनि कृतिहरू पठनीय एवम् सङ्ग्रहणीय नै देखिन्छन् । आफ्ना सिर्जनाहरूमा राष्ट्र , राष्ट्रियता र जनजिविकाका सवालहरू उजागर गर्दै समसामयिक बिषयबस्तुहरूमा मुखरित गर्ने साेराडीकाे कलम भावी दिनहरूमा झन तिख्खारिंदै जाअाेस् र पाठकहरूले नयाँ नयाँ स्वाद चाख्न पाउन् भन्ने हार्दिक शुभेच्छा सहित अस्तु। २०७८/०५/१८ मीतबन्धु महेन्द्रनगर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.