‘असोज पहिलो हप्तासम्म जुनसुकै बेला पहिरो जान सक्छ, थप सजग बनौँ’

Sana Kishan
Total
10
Shares

अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानले देशका धेरै ठाउँमा नोक्सानी गरेको छ । केही दिनयता वर्षाको धेरै असर लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ ।

Arus

पर्वतमा आज पहिरोले घर पुरिँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । पर्वतको धेरै ठाउँमा पहिरो गएको छ । यस्तै, अस्तिदेखि परेको अविरल वर्षाका कारण पोखरामा पनि धेरै ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर हिजो पाँच जनाको ज्यान गएको छ भने जमिन समेत भासिएको छ।

यस्तै, बुधवार राति दाङमा बाढीले कार बगाउँदा एकै परिवारका दिदी बहिनीसहित चार जनाको ज्यान गयो । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण क्षति बढिरहेको छ । यस्तो अवस्थामा सावधानी अपनाउन नसके थप क्षति हुन सक्ने भन्दै मौसमविद्ले सजग हुन आग्रह गरेका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार आउँदो असोज पहिलो हप्तासम्म नेपालमा मनसुन रहने सम्भावना छ । यसले गर्दा यो अवधिसम्म नै बाढी, पहिरो र डुबानको जोखिम रहेको छ । पानी पर्न छोडे पछि बाढी र डुबानको जोखिम कम हुने भए पनि पहिरो जाने जोखिम भने उस्तै रहने उहाँले बताउनुभयो ।

पानी पर्न रोकिँदा पनि सुख्खा पहिरो जाने जोखिम रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो । लगातारको झरीले जमिन भिजिसकेकाले पानी पर्न कम हुँदा पनि पहाडी क्षेत्रमा पहिरोको जोखिम भने उस्तै रहने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

Indreni

विशेषगरी भिरालो जमिनमा घर भएकाहरु र यात्रा गर्नेहरु चनाखो हुुनुपर्ने उहाँले बताउनुभयो । मनसुन सक्रिय नै रहेकाले आज पनि वाग्मती, गण्डकी, प्रदेश–१ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको २४ घण्टामा पोखरामा सबैभन्दा धेरै पानी परेको छ । अहिले पोखरा, नवलपरासी, नेपालगञ्ज, काठमाण्डौलगायत ठाउँमा पानी परिरहेको छ । उज्यालो अनलाइन बाट सभार

Total
10
Shares
सम्वन्धित समाचार
Total
10
Share