अस्थिर राजनीतिको फाइदा उठाउँदै एमसीसी अघि बढाउन खोजिँदैछ : भीम रावल

Sana Kishan
Total
22
Shares

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले देशको अस्थिर राजनीतिको फाइदा उठाउँदै अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अघि बढाउन लागेको बताएका छन्।

Arus

अस्थिर राजनीतिक अवस्थामा एमसीसीका उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको रावलको भनाइ छ।

रावलले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ। सरकार जनअनुमोदित होइन। देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

एमसीसीको जनस्तरबाट विरोध भइरहेको छ। सम्झौता कार्यान्वयनमा ढिलाइ भएको भन्दै एमसीसीकै उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने भएकी छन्। उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने छन्।

Indreni

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ। थाहा खबर बाट सभार

Total
22
Shares
सम्वन्धित समाचार
Total
22
Share