सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माधव नेपालसँग वामदेव गौतमका शर्त : संघीयता परिमार्जन र जबज

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका छन् ।

बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार शर्त रहेको बताए । आफ्नो शर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो ।

गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने शर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो ।

World Link Ads
Mahakali Polytechnic

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग शर्त राखेका छन् ।

Sana Kishan

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए । ‘संघीयता परिमार्जन गरौं भन्नु हुन्थ्यो, तर के भन्न खोज्नुभएको हो । थप छलफल चाहिँ भएन’, वार्तामा सहभागी एक नेताले भने ।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । ‘जबज छोडिएको छैन, यतातिर नलाग्नुहोस् भन्नुभयो’, ती नेताले भने ।

एमालेबाट अलग भएर २ भदौमा माधव नेपालले एकीकृत समाजवादी दर्ता गराएका छन् । उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् । आफू निकट नेताहरुबाट यो निर्णय लिने जिम्मा गौतम आफैले लिएका छन् । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.