आज चार प्रदेशका एक÷दुुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

Sana Kishan
Total
1
Shares

आज चार प्रदेशका एक÷दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्।

Arus

आज दिउँसो वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एक÷दुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार राति पनि वाग्मती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

अहिले लुम्बिनी प्रदेश सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहनेछ । बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ । उज्यालो बाट सभार

Indreni

Total
1
Shares
सम्वन्धित समाचार
Total
1
Share