सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अभिभावकले गर्ने पाँच गल्तीहरु !!

अविभावकहरू बच्चाको विषयमा प्रायः गल्ती गर्न चाहँदैनन् । जोकोहीलाई पनि आफ्नो बच्चाको भविष्य र उनीहरुको सुरक्षाको बारेमा चिन्ता हुनु स्वाभाविक हो । जानेर कुनै गल्ती गर्न नचाहे पनि नजानेरै पनि अभिभावकहरूले धेरै गल्तीहरू गर्ने गरेको देखिन्छ ।

बच्चाहरू कति सबल र चलाख बन्ने वा गलत संगतमा लाग्ने भन्ने कुरा अभिभावकहरूको ‘प्यारेन्टिङ सिस्टम’ मा निर्भर हुने गर्छ । सामान्य अभिभावकीय मुद्दा र समस्याहरूको लागि सहयोग लिन प्रयास गर्दैनन् । दुर्भाग्यवश, हामीमध्ये धेरै सजिलैसँग जान्न असमर्थ हुन्छौं । हामीले आमा वा बुबाको रूपमा सामना गर्ने प्रत्येक परिस्थितिमा के गर्ने भन्ने जानकारी भएन भने अभिभावकले समय–समयमा गल्तीहरू गर्न सक्छन् ।

यी सामान्य अभिभावकीय गल्तीहरू हटाउन सिक्नुले तपाईंलाई अधिक प्रभावकारी अभिभावक हुनको लागि मार्ग निर्देश गर्ने गर्छ । यसको लागि केही विषयमा ध्यान दिनुपर्छ ।

World Link Ads
Mahakali Polytechnic

१. समस्याहरूको बारेमा यकिन पहिचान गर्नुपर्छ

Dirghayu Ads

धेरै अभिभावकहरूले बच्चाहरूको समस्या के हो भन्ने पहिचान नै गर्न सक्दैनन् । जसले गर्दा चाहँदा चाहँदै पनि सन्तानको चरित्रमा अभिभावकले सुधार गर्न सक्दैनन् । जसका कारण धेरै अभिभावकहरू महिनौं वा वर्षौंसम्म निराशाका साथ बाँचिरहेका हुन्छन् । यसमा सुत्ने समयमा हुने झगडा, बारम्बार रातको जागृति वा बारम्बार रिसको झुकाव र ठूला बच्चाहरूमा हुने असामाजिक व्यवहारसम्बन्धी समस्या समावेश हुन सक्छ ।

यद्यपि यसले कडा मेहनतको आवश्यकता जनाउन सक्छ । प्रायःजसो समस्या तपाईंले अभिभावकको रूपमा सामना गर्नुपर्छ । जसले बच्चाको आम व्यवहारमा परिवर्तन हुन सक्छ ।

बच्चाको व्यवहार सुधारको क्रममा अभिभावकको हिसाबले तपाईंलाई केही मद्दत चाहिन सक्छ । त्यसको लागि बाल रोग विशेषज्ञ र अन्य स्वास्थ्य पेसेवरहरूसँग पनि सहयोग लिन सकिन्छ ।

२.अधिक बुझाइ वा कम बुझाइका समस्याहरु

समस्याबारे जान्नुभन्दा पहिले तपाईं यो निर्णयमा पुग्नुपर्छ कि बच्चाले के गर्नु ठीक हो र के गर्नु बेठीक हो ? समस्या समाधानको लागि कुनै निर्णय गर्नुपूर्व हामीले भन्नुपर्छ कि हामीले देखेको कुरा समस्या हो कि होइन ? यदि त्यो समस्या हो भने तपाईंले कति ठूलो समस्याको सामना गरिरहनु भएको छ ?

के यो ठूलो समस्या हो ?

Sana Kishan

–निम्नप्राथमिक तहमा अध्ययनरत बच्चाहरू धेरै चकचके छन् ?

–५–६ वर्षे उमेरमा धेरै बाहिर खेल्न निस्कने स्वभावको हुन्छ बच्चा ?

–किशोर किशोरीहरू आफ्ना सीमाहरू त्यागेर बढी स्वतन्त्र हुन खोज्छन् ?

सामान्यतया तीनै अवस्थाहरू बच्चामा देखिएको समस्या होइनन् । यी उमेर अनुसार हुने स्वाभाविक परिवर्तनहरू हुन् । अर्कोतर्फ तपाईंले सबै समस्याहरूलाई उमेर अनुसारको स्वाभाविक परिवर्तन हो भनेर हल्का रूपमा भने लिनुहुँदैन । जस्तै, किशोर किशोरीले धुम्रपान गर्यो, चोरी गर्योे भने यस्तो अवस्थामा बच्चालाई सुधार गर्नतर्फ लाग्नुपर्छ ।

३. अवास्तविक आशा राख्नु

यदि तपाईंका बच्चाहरूप्रति अवास्तविक अपेक्षाहरू छन् भने त्यसले वास्तवमा नै समस्या सिर्जना गराउन सक्छ । त्यसैले बच्चाबाट धेरै अपेक्षा नराख्नुहोस् । ताकि तपाईंका अपेक्षाहरू तपाईंका बच्चाहरूको विकाससँगै बिस्तारै पूरा हुँदै जाने छन् । एक्कासी यसमा अस्वाभाविक विकास खोज्नुहुँदैन ।

४. अनुचित हुनु

अनुचित अभिभावकत्वले पनि बच्चाहरूलाई समस्या गराइरहेको हुन सक्छ । यदि तपाईं कहिलेकाहीँ बच्चालाई धेरै कडाइका साथ ध्यान दिनुहुन्छ र कुनै समय बच्चाले के गरिरहेको छ भनेर ध्यान दिनुहुन्न भने यसले तपाईंको बच्चालाई झनै नोक्सानी सिर्जना गराउन सक्छ । त्यसैले उनीहरुको अनुचित व्यवहारलाई ध्यान दिनुपर्छ ।

५. नियम वा सीमा निर्धारण गर्नुहुन्न

आफ्ना बच्चाहरूलाई उनीहरूको चाहना अनुसार अनुमति दिएर बच्चालाई आफ्नो पक्षमा पार्न सकिन्छ भनेर तपाईं सोच्नुहुन्छ भने त्यो पनि बच्चाको लागि घातक हुन सक्छ । बच्चाहरूलाई अनावश्यक कुरामा कडाइ गर्ने र सकारात्मक कुरामा प्रोत्साहन सहित दिशानिर्देश गर्ने गर्नुपर्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.