सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटमा स्वास्थ्य कार्यक्रमहरुको नगरपालिका स्तरीय वार्षिक समिक्षा कार्यक्रम शुरु

कञ्चनपुरको बेदकोट नगरपालिकाले वर्ष भरि गरेको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा शुरु गरेको छ । भदौं १७ र १८ गते हुने दुई दिने कार्यक्रम तय गरिएको छ । जस अन्र्तगत आज १७ गते भएको कार्यक्रममा वर्ष भरि वेदकोट नगरपालिकाका १० वडाले दिएको सेवा सुविधा र सेवा सुविधा दिदा आई परेका समस्या बारे छलफल भएको छ ।

नगरपालिका भित्र रहेका आधारभुत स्वास्थ्य संस्थाहरुले हाल गर्भको बच्चा देखि लिएर वृद्धवृद्धा सम्मलाई स्वास्थ्य सेवा दिदै आईरहेको छ । जस अन्र्तगत बच्चा गर्भमै हुदाँ गर्भवती महिलाहरुलाई चाहिने भिटामिन, आइरन चक्की समय समयमा दिनु पर्ने विभिन्न खोप दिदै आइरहेको छ त्यसै गरी विभिन्न रोगको परीक्षण गर्ने समान्य दवाई दिने र चोट पटक लागेमा मलम पट्टी लगाउनुको साथै २४ सैं घण्टा सेवा दिदैं आई रहेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

यसरी सेवा दिदा दिदैं पनि समय समयमा केही सरकारी पक्ष बाट सेवा सुविधामा कटौति गर्नुे र समयमै औषधी र उपचारका समाग्री उपलब्ध नगराउदा स्वास्थ्यकर्मीले सेवाग्राही बाट अपहेलना बेहोर्नु पर्ने स्वास्थ्य कार्यक्रममा कार्यक्रम प्रस्तोताले बताउनु भयो । बेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम राज भट्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख अशोक चन्द रहनु भएको थियो । स्वास्थ्य संयोजक हरीशा पाल र उप–संयोजक शिद्ध राज भट्टले सञ्चालन गरेका कार्यक्रममा बेदकोटनगर पालिकाका १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.