सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसरी गर्ने प्रभावशाली व्यक्तित्व निर्माण ?

स्वभाविक रुपमा मान्छे आफुलाई राम्रो, आकर्षक, प्रभावशाली बनाउन चाहन्छ । तर, मान्छेको बुझाई वा सोचाईको धरातल अनुसार यसका लागि गर्ने व्यवहार शैली भिन्न भिन्नै हुन्छन् । कसरी आफुलाई प्रभावशाली बनाउने, कसरी आकर्षक देखाउने भन्ने कुरामा उनीहरुले अपनाउने विधी फरक हुन्छ । किनभने कसैले यसका लागि आवरणलाई महत्व दिन्छन् भने कसैले आन्तरिक गुणलाई ।

आकर्षक व्यवहार गर्नु

आकर्षक व्यक्ति उदार हृदय र आत्माको धनी हुन्छन् । सबैसँग प्रेम गर्छन् एवं दयाभाव प्रकट गर्छन् । अन्य व्यक्तिप्रति सहानुभूति राख्छन् । चाहे आफ्नो आमा होस्, वा साथी होस् वा त अपरिचित व्यक्ति नै किन नहोस् ।

World Link Ads
Mahakali Polytechnic

कहिले पनि अशिष्ट नबनौं, चाहे जतिसुकै खराब मुडमा किन नहोस् । आकर्षक व्यक्ति पूर्ण रुपमा आफ्नो जिन्दगीको आनन्द लिन्छन् । सबैप्रति प्रेमपूर्वक व्यवहार गर्छन् ।

Dirghayu Ads

सकारात्मम रवैया कायम राख्ने

आकर्षक व्यक्तिले आफ्नो जीवनलाई घतलाग्दो बनाएर राख्छन् । यसको अर्थ हो कि, ऊ सधै सकारात्मक र आशावादी हुन्छन् ।

हुन त आफ्नो जीवन खराब अवस्थामा गुज्रिरहेको छ भने बनावटी हुनुपर्छ भन्ने छैन । यद्यपी संभव भएसम्म सकारात्मक हुने, उत्साहित हुने प्रयास गर्नुपर्छ । यसले तपाईंप्रति अरुको धारणा सकारात्मक बन्छ । तपाईंमा जुन उत्साह देखिन्छ, त्यसले अरुलाई खुसी तुल्याउँछ ।

के तपाईंले कुनै अकर्षक व्यक्ति रोइरहेको, दुखी भएको, गलत उदेश्य राखेको, हतोत्साही भएको देख्नुभएको छ ?

आकर्षक व्यक्तिले कहिलेपनि गलत आशा राख्दैन । तपाईं जति धेरै राम्रो आकंक्षा राख्नुहुन्छ, तपाईंको लागि त्यती नै राम्रो हुन्छ ।

यदि तपाईंराम्रो रवैयाका साथ एक सकारात्मक व्यक्ति बन्न चाहनुहुन्छ भने, कसैको कुरा नकाट्नुहोस् । सकारात्मक सोंच र चिन्तन लिएर अगाडि बढ्नुहोस् ।

एक आकर्षक व्यक्ति कठिन परिस्थितीमा पनि आशावादी दृष्टि राखेर बाँच्छन् । अरुको सहयोग गर्छन् ।

Sana Kishan

आफ्ना आसपासको कुरा सम्झनका लागि उत्सुक रहने

आकर्षक व्यक्तिको मनमा जीवनप्रति उत्सुकता हुन्छ । उनीहरु संसारका हरेक कुरा जान्नका लागि इच्छुक रहन्छन् । यसको सुरुवात आफ्ना पिताको काखमा बसेकै बेला हुन्छ, जब उसले आफ्नो आँखा अगाडि कुनै बस्तु देख्छ, त्यसबारे जान्ने चाहना राख्छ ।

यस्तो रवैया सधै कायम राख्नु जरुरी छ । जीवनप्रति सधै उत्सुक रहनुपर्छ । जागृत रहनुपर्छ । आफ्नो आसपासमा रहेको कुनैपनि कुरामा चासो राख्नुपर्छ । जिज्ञासु बन्नुपर्छ ।

थोर–बहुत फ्लर्ट पनि गरौं

आकर्षक व्यक्ति थोर–बहुत फ्लर्टी पनि हुन्छन् । कसैसँग रमाइलो गर्नका लागि साथी वा कसैसँग फ्लर्ट गर्ने बानी बसालौं । तर, यो हदभन्दा बढी गर्नु हुँदैन । एक उचित अनुपातमा फ्लर्ट गरौं ।

सामान्यभन्दा बढी कोमलताका साथ कुरा गरौं । कुरा गर्दागर्दै आँखामा आँखा जुधाउनुहोस् । जब यो बढी हुन्छ, तब आँखा हटाउनुहोस् ।

आफ्नो सोझोपन कायम राखौं

सोझोपनको अर्थ यो होइन कि सबै कुराबाट बेखबर बन्नुहोस् । कतै चासो नदिनुहोस् ।

आकर्षक व्यक्ति बन्न चाहनुहुन्छ भने दयालु पनि देखिनुपर्छ । सोझो पनि देखिनुपर्छ । कुनै छल–कपट गर्ने मनासय राखेर चर्तुयाई नगरौं । धेरै चतुर एवं धूर्त हुन आवश्यक छैन । आफ्नो आसपासको कुरा जान्नका लागि उत्सुक रहनुहोस् । सकारात्मक दृष्टि राख्नुहोस् । आत्माविश्वास नगुमाउनुहोस् ।

खुसी रहनुहोस्

आकर्षक व्यक्ति हर समय मुस्कुराइरहेको हुन्छन् । कसैले रमाइलो, ख्याल ठट्टा गरेरमा उन्मुक्त हाँस्नुहोस् । तपाइ आफ्नो अनुहारमा हरेक समय मुस्कान लिएर बस्नुहोस् । आकर्षक व्यक्ति हरेक समय राम्रो ह्युमरको खोजीमा रहन्छन् । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.