सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

२२ गतेपछि जसपा सरकारमा सहभागी हुन्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने,‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । सरकार पूर्णता पाएपछि स्मुथ्ली अगाडि बढ्ने छ । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको छ ।’ गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद छैन,’ उनले भने ।

Sana Kishan

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा अध्यक्ष यादवले महन्थ ठाकुर प्रयोग भइरहेको बताए । ‘कस–कसले महन्थजीलाई प्रयोग गर्ने हो खै ?’ यादवले भने, ‘जो आफै आफना खुट्टामा उभिन सक्दैन । त्यस्तासँग जसपाको कुनै प्रतिस्पर्धा हुने छैन ।’ जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने यादवले दाबी गरे ।

World Link Ads
Mahakali Polytechnic

जसपामा उपेन्द्र यादव निकटका प्रदेश २ सांसदहरु महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा सनाखत गर्ने भएपछि सांसदहरुलाई रोक्न यादव जनकपुर आएका छन् । यादवनिकटका प्रदेश सांसद प्रह्लाद गिरी गोश्वामी लोसपामा आज सनाखत गर्ने जनाएका छन । यादवनिकटका अन्य तीन जना प्रदेश सांसदसमेतले लोसपामा सनाखत गर्ने बुझिएको छ । सन्तोष सिंहले ekantipur.com मा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.