बिर्सिएर पनि घरको पुजाकोठामा नराख्नुहोस् यस्ता सामान, हुनेछ अशुभ !

Sana Kishan
Total
2
Shares

पुजा गर्नाले मन शान्त हुन्छ र सबै दुख पिडा हराउने विश्वास हुन्छ । तर यदि पुजा कोठा मा यि चिजहरु छन भने तपाई लाई अशुभ हुन्छ ।

Arus

१. पुजाकोठा घरको उत्तर–पुर्वको बिच भाग (ईशान) कोणमा बनाउन उचित हुन्छ । यसको अलावा उत्तर पश्चिममा पनि शुभ नै मानिन्छ ।

२. पुजाकोठाको नजिक फोहोर, कुचो आदि कदापि राख्नु हुदैन ।

३. पुजाकोठामा प्राचिन मन्दिर बाट ल्याएको प्रतिमा राख्नु हुदैन ।

४. बहुमुल्य सामान वा धन–सम्पति कदापि लुकाउनु हुदैन ।

५. सदासर्वदा पवित्र र सफा राख्नु अनिवार्य छ ।

६. पुजाकोठामा सुत्नु हुदैन। यदी परिस्थितिवश यस्तो गर्नु परेमा पर्दा लगाएर मात्र सुत्न सकिन्छ । केबल स्थान अभावका लागि मात्र । त्यसमा पनि विवाहितलाई वर्जित छ ।

७. पुजाकोठाको रङ्ग हल्का पहेलो हुनुपर्छ । पुजाकोठामा प्रयोग गरिने कुचो, पुछ्ने कपडा अन्यत्र सफा गर्ने सामान भन्दा अलग्गै राख्नुपर्दछ ।

८. धन प्राप्तिका लागि उत्तर फर्केर र ज्ञान प्राप्तिका लागि पुर्व फर्केर पुजा गर्नुपर्दछ ।

९. पुजाकोठामा एक कुरेत भन्दा अग्लो कुनै देवताको प्रतिमा स्थापना गर्नु हुदैन ।

Indreni

१०. पुजाकोठामा हवनादी कार्य गर्नुपरेमा कोठाको आग्नेय कोणमा गर्नुपर्छ ।

११. पुजाकोठामा गणेश, कुबेर, दुर्गाको फोटो राख्दा दक्षिण तर्फ फर्काई राख्नुपर्छ ।

१२. पुजाकोठामा ब्रम्हा, विष्णु, शिव, इन्द्र, सुर्य र कार्तिकेयको प्रतिमा पुर्व एवंम पश्चिम मध्ये जता पनि राख्न सकिन्छ ।

१३. हनुमानजिको फोटो एवंम प्रतिमा राख्दा नैऋर्त्यकोण तर्फ फर्काई राख्नु शुभ मानिन्छ ।

१४. पुजाकोठामा रामायण, महाभारतका युद्धका तस्विर त्यस्तै पशु–पंछी आदी भयानक डरलाग्दो र वास्तुपुरिषको तस्विर लगाउन पुराण, वेद जस्ता ग्रन्थहरुमा वर्जित गरेको पाइन्छ ।

१५. देवी–देवताको फोटो उत्तर र दक्षिणपट्टिको भित्तामा लगाउनु हदैन ।

१६.पुजाकोठामा गणेश, देवी, लक्ष्मी, एक्कै धातु या पत्थरबाट बनेका जोर मुर्ति, जोर शंख आदि राख्नुहुदैन । देवि देवताको चित्र प्रयोग गर्दा आमने सामने पारेर राख्नु हदैन । नयाँ पुस्ता बाट सभार

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share