सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गौराको पर्वको अवसर पारी बैतडीका विभिन्न स्थानमा निःशुल्क मास्क वितरण !

यसै गौरा पर्वको पावन अवसरमा बैतडीको थुप्रै ठाउँमा निशुल्क मास्क बितरण कार्यक्रम जारी रहेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका लगायत थुप्रै ठाउँहरुमा श्री भोजराज जोशी क्वालिटी को स्वामित्यमा public power group द्वारा निशुल्क मास्क वितरण गरिएको हो ।

कोरोनाबाट बाँच्न र बचाउन मास्कको प्रयोग गरेर हिँडौ एउटा सभ्य नागरिककको परिचय दिउँ भन्ने मुल नाराका साथ उक्त निशुल्क मास्क बितरण अभियान लागू गरेका हुन । श्रीकोट खोच्लेक तथा अन्य स्थानीय क्षेत्रहरुमा बितरण गरिसकेका छ्न भने अन्य ठाउँहरुमा अझै निशुल्क मास्क वितरण भैइरहेको छ ।

Sana Kishan

गौराको अवसर पारी गौरा हेर्न आउने र बजारमा सामान किनमेल गर्न आउने सम्पुर्णलाई धमाधम निशुल्क मास्क बितरण गरिदैछ। Public power group ले यस्ता थुप्रै सामाजिक कार्यहरूमा बिगतका दिन देखिनै सघाउँदै आइरहेको व्यहोरा सोही दोगडाकेदार कै युवा जीवन जोशीले जानकारी गराए । बर्तमान कोरोना महामारीको असरलाई मध्यनजर गर्दै उक्त महामारीको रोकथाम तथा निराकरणका लागि मास्क वितरण कार्यक्रम लागू गरियो । अत: स्थानीय स्तरमा मात्रै नभैइ आफुले भ्याए सम्म सिङ्गो बैतडीमा नै मास्क वितरण गर्ने र अन्य समाजसेवा जस्ता कामहरुमा अगाडि बढ्ने public power group का केन्द्रिय अध्यक्ष भोजराज जोशी क्वालिटी अर्थात सिङ्गो public power group को लक्ष्य बनेको छ ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.