सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भुलेर पनि कहिल्यै नभन्नुहोस् आफ्नो बच्चालाई यी ३ कुराहरु !!

अभिभावक बनेसँगै धेरै जिम्मेवारी थपिएको हुन्छ । यो सँगै बालबच्चाको लालनपाल सबैभन्दा महत्वपूर्ण रहेको हुन्छ। बच्चाको पहिलो पाठशाला घर हो । बच्चा हुर्कने वातावरण जस्तो छ बच्चाले पनि त्यस्तै सिक्ने गर्छन्।

बच्चाले धेरै कुरा सिक्ने भनेको नै आफ्नो आमा बाबूबाट हो । मुख्य कुरा छोराछोरीलाई कस्तो बनाउने भन्ने कुरा बाबूआमाको हातमा रहेको हुन्छ ।

त्यसकारण आज हामी अभिभावकले आफ्नो बच्चाहरुलाई भन्न नहुने यी तिन कुराको बारेमा जानकारी दिन गइरहेका छौँ । जुन कुराहरु भुलेरपनि नभन्नुहोला।

World Link Ads
Mahakali Polytechnic

१) बच्चालाई डराउनेः धेरै आमाबाबूले बच्चालाई सुताउन होस् या कुनै काम गराउनको लागि डर देखाउने गर्छन्। जसबाट बच्चाहरु डराउने गर्छन्।

Dirghayu Ads
Sana Kishan

प्रायः बच्चालाई सुताउनको लागि पनि छिटो सुत नत्र भुत आउँछ , त्यहाँ नजाउ जोगी आउँछ , भूत , जोगी, राक्षस जस्ता शब्दको प्रयोग गरेर बच्चालाई डर देखाउनु हुँदैन्।

२) धम्काउनेः बच्चाहरुको बानी नै हुन्छ होमवर्क गर्न नमान्ने, समयमा नपढ्ने, गल्त गरेको छ भने घरबाट बाहिर निकाल्ने, धम्की दिने, बालबच्चाको लागि यस्तो गर्नु भनेको निकै खतरनाक हो । यसो गर्दा बच्चाको दिमागमा मानसिक चोट पर्छ ।

३) भर्बल अब्युजः तैले खाना खाइनस भने कुटाइ खालास भन्ने कुरा लगभग धेरै बालबालिकाको घरमा सुन्ने गरिन्छ । कतिपय अभिभावकले त खाना नखाएको भन्दै बच्चालाई कुट्ने र पिट्ने पनि गर्छन् ।

यदि तपाईको यस्तो बानी छ भने आजैबाट छोडिदिनुहोस् । बच्चालाई खाना खुवाउने अर्को उपाय अपनाउनुहोस् । बच्चालाई राम्रोसँग सम्झाउने गर्नुहोस् । नयाँ पुस्ता बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.