सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

के गर्ने, जब विपरित स्वभावका साथीसँग जीवन विताउनुपर्ने हुन्छ ?

विज्ञान भन्छ, विपरित ध्रुबहरु आपसमा आकर्षित हुन्छन् । विज्ञानको यो सूत्र जीवनमा पनि काम लाग्छ। तर ईमान्दार हुनका लागि विज्ञानका अलावा, जीवनमा दर्शन पनि आवश्यक छ। निस्सन्देह, हाम्रो शरीर र दिमागले वैज्ञानिक ज्ञानको आधारमा धेरै हदसम्म काम गर्छ । उदाहरणका लागि यदि तपाईं अन्तर्मुखी स्वभावको हुनुहुन्छ भने तपाईं बहिर्मुखी स्वभावको व्यक्ति मन पराउनुहुन्छ । यदि तपाई चञ्चल प्रकृतिको मान्छे हुनुहुन्छ भने शान्त प्रकृतिको मान्छे धेरै मनपराउनु हुन्छ । यसरी हामी आफ्नोभन्दा फरक स्वभाव भएका व्यक्तिलाई मनपराउने गर्छौं ।

धेरै अनुसन्धानहरुले देखाएका छन् कि विपरीत स्वभावसँग मानिसहरुको सम्बन्ध लामो समयसम्म रहन्छ। तर यो सिक्काको एक पक्ष हो, जो विज्ञानद्वारा सञ्चालित छ । तर हामी पहिले नै भन्दै छौं, हाम्रो जीवनमा एक दार्शनिक कोण पनि छ।

जीवनको शब्दकोशबाट सही र गलतको धारणा हटाउनुहोस्

World Link Ads
Mahakali Polytechnic

यदि तपाईं लामो समयका लागि कुनैपनि सम्बन्धमा रहन चाहनुहुन्छ भने सबैभन्दा पहिले सही र गलतको धारणाबाट मुक्त हुनुपर्छ । मानौं तपाईं एक अन्तर्मुखी हुनुहुन्छ र तपाईंको साथी बहिर्मुखी छन् भने दुवै मानिसहरु पहिले एक अर्काको विपरीत स्वभावको कारण एकअर्काप्रति आकर्षित थिए। तर समयसँगै, पार्टनरको सानासाना कुराहरु रिसाउन थाल्छन्। यस्तो अवस्थामा हामी या त साथीलाई पनि आफू जस्तै बनाउन चाहन्छौं या त साथी जस्तै बन्न प्रयास गर्छौं । किनकि हामीलाई लाग्छ, दुईमध्ये एक राम्रो स्वभावको छ र अर्को खराब छ। यस मामलामा झगडा तपाईंहरू दुईको बीचमा हुन्छ। यदि तपाईं वा तपाईंको साथी चुपचाप बसेरै तपाईंभित्र परिवर्तन ल्याउने चेस्टामा छन् भने थाहा पाउँदा हुन्छ तपाईंको स्वभावसँग ऊ रिसाएको छ । यही रिस बाहिर निस्किएपछि एक आपसमा द्वन्द्व सुरु हुन्छ । त्यसैले फरक खालको व्यवहार भए पनि न त उसलाई परिवर्तन गराउनुहुन्छ न त आफू परिवर्तन हुनुहुन्छ । जो जस्तो स्वभावको हुनुहुन्छ उस्तै राख्नु उचित हुन्छ ।

दुवैबाट एउटा साझा बाटो खोज्नु उपयुक्त हुन्छ

Sana Kishan

माथि भने जस्तै न त तपाईंले आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्नुहुन्छ न त पार्टनरको स्वभावमा परिवर्तन ल्याउने प्रयास गर्नु उचित हुन्न । तर दुबै मानिसहरु एक अर्कालाई आफ्नै शर्तमा छोडेर बाँच्न सक्दैनन्। यस्तो अवस्थामा तपाईंको सम्बन्ध चाँडै तोडिने हुन्छ । यदि पार्टनरलाई पार्टी मनपर्छ तर तपाईंलाई मन पर्दैन भने बीचको बाटो यो हुन सक्छ कि पार्टनरले हरेक दिनको सट्टा एक दिन पार्टी गर्ने र तपाईंले पनि एकदिनको पार्टीमा सहभागिता जनाउन सक्नुहुन्छ ।

त्यस्तैगरी, तपाईंको छनौटको गतिविधिमा तपाईंको साथीलाई शामेल गर्नुहोस् । यस तरिकाले तपाईं दुवैले केही नयाँ सिक्न पाउनुहुनेछ। तपाईं पनि एक अर्कासँग गुणस्तरीय समय बिताउन पाउनुहुनेछ । यो नछुटाउनुहोस् कि तपाईंको पार्टनरले हरेक गतिविधिमा तपाईंलाई साथ दिएको हुनुपर्छ ।

अलगअलग दृष्टिकोणलाई नै सम्बन्धले जोड्नुहोस्

हरेक सम्बन्धमा दुवै जनाको दृष्टिकोण एउटै खालको हुन्छ । उनीहरूको जीवन बोरिङ र निरस बन्छ । उनीहरु जीवनमा साहसिक काम गर्न सक्दैनन् । अर्कोतर्फ जब तपाईंहरू दुवैको विचार फरक प्रकारको हुन्छ भने तब हरेक दिन तपाईंहरू दुवैले नयाँ तर्क सुन्न पाउनुहुनेछ । तपाईंहरू दुवैले हरेक कुरालाई नयाँ तरिकाबाट हेर्न पाउनुहुनेछ ।

आफ्नो वैवाहिक जीवनलाई खुसियाली बनाउनको लागि यस्ता विषयमा ध्यान दिनुपर्छ जसले दुई जनाको सम्बन्धलाई सुमधुर बनाएराखोस् । जहाँ विचार फरक भए पनि भावनाले साइनो जोड्न सकियोस् । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.