सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खराब जीवनशैलीले यौन जीवन प्रभावित

एकातिर दौडधुप, तनाव, धपेडी, अनेक आकंक्षा अर्कोतिर ऐश–आरम, सुविधा, मदिरापान, फास्टफुड सेवन । आधुनिकताको नाममा अपनाइएको यस्तै जीवनशैलीले अहिले धेरै कुरालाई अस्तव्यस्त बनाएको छ । त्यसमध्ये एक हो, दम्पतीबीचको यौन जीवन पनि ।

राती अबेरसम्म बस्ने प्रवृत्ति, मोबाइल जस्ता ग्याजेट्सको बढ्दो प्रयोगले पनि दम्पतीको रात्री जीवन विथोल्दैछ । आधुनिक सुख–सुविधा र उपकरणहरुको प्रयोग जति तिब्रताको साथ बढ्दैछ, त्यति नै मानिसमा एकोहोरोपन, तनाव, मोटोपन, उच्च रक्तचाप, माइग्रेन, मधुमेह र हृदय रोग जस्ता मानसिक र शारीरिक रोगहरु पनि बढ्दै गएको छ ।

आधुनिक जीवनशैलीले मानिसको स्वास्थ्यमा असर पार्नुको साथै यसले प्रजनन क्षमतामा पनि नकारात्मक रुपमा प्रभावित पारेको हुन्छ । बेलायतमा भएको एक अध्ययन अनुसार ५० वर्ष अघि १ मिलिलिटर वीर्यमा शुक्राणुको संख्या ११ करोड ३० लाख थियो भने आज यो घटेर ४ करोड ७० लाख पुगेको छ । शुक्राणुको संख्या घट्नुका साथै यसमा पाईने गुणमा पनि कमी आएको छ ।

World Link Ads
Mahakali Polytechnic

परिवर्तनशील जीवनशैलीको कारण मानिसमा प्रजनन क्षमतामा पनि कमी आएको छ । यदि पुरुषले धुमपान वा अन्य नशालु पदार्थको प्रयोगमा कम गरेको अवस्थामा वा मोबाइलको कम प्रयोग गरेमा शुक्राणुमा हुने समस्याबाट मुक्त हुन सकिने बताइन्छ ।

त्यसो त आधुनिकताको नाममा यौनप्रतिको दृष्टिकोण र बुझाई पनि फरक हुँदै गएको छ । त्यही कारण विवाहअघि नै यौन सम्बन्ध स्थापित गर्ने जस्ता प्रवृत्ति सामान्य बन्दै गएको छ ।

Sana Kishan

असुरक्षित यौन सम्बन्धले महिलामा यौन रोग जस्तै सिफलिस, गोनोरिया र पुरुषमा एचआईभी एड्स जस्ता गम्भीर रोग लाग्ने खतरा पनि बढ्दै गएको छ । यदि महिलालाई यस्ता कुनै पनि यौन लागेको खण्डमा पछि गर्भ टुहिने जस्ता समस्या उत्पन्न हुन सक्छ ।

धुमपान र मद्यपानको प्रयोगले पनि यौन जीवनमा प्रभाव पार्ने गरेको छ । धुमपान गर्ने पुरुषमा शुक्राणुको संख्या र त्यसको गतिशिलतामा पनि कमी आउँछ । धुमपान गर्ने महिलामा रजोनिवृत्ति हुने सम्भावना हुन्छ जसले इस्ट्रोजनको स्तर घट्छ र मासिक धर्मसँग सम्बन्धित समस्या उत्पन्न हुन्छ ।

व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक व्यायाम गर्ने फुर्सद पाउँदैन । शारीरिक र मानसिक तनावबाट मुक्त हुनको लागि कम्तिमा पनि विहानको समयमा १ घण्टा शारीरिक व्यायाम गर्नु पर्छ । यसले मानिसको डिप्रेसन, पाचन प्रणाली, मधुमेह र उच्च रक्तचाप जस्ता समस्याबाट मुक्त हुन सकिन्छ । तर अहिलेको जीवनशैलीले अल्छीपना उत्पन्न गरेको छ । शारीरिक व्यायामको अभावले पनि यौन जीवनमा प्रभाव पारेको हुन्छ ।

विहान ओछ्यानबाट उठ्ने वित्तिकै चिया पिउनुपर्ने र कामधन्दाको लागि दौडिहाल्ने वानीले गर्दा पनि स्वास्थ्यमा प्रभावित पारेको हुन्छ । शरीरको लागि आवश्यक पौष्टिक तत्वको अभावले मधुमेह, क्यान्सर, मोटोपन जस्तो रोग निम्त्याउने गर्दछ । पौष्टिक तत्वको अभावले प्रतिरोधक क्षमता र शरीरको उर्जा पनि कमी देखाउँछ । स्वस्थ पौष्टिक आहार र राम्रो निन्द्राले मानिसमा रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ ।

परिवर्तनशिल जीवनशैलीको कारण यौन जस्तो महत्वपूर्ण कुरा नराम्ररी प्रभावित हुँदैछ । दिनभरको दौडधुप र तनावले दम्पतीबीच यौन आकर्षण नै घट्दै गएको पाइन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.