सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रेरक कुरा : जीवन एक संघर्ष, खेल वा उत्वास ?

एक पटक एक शिष्यले आफ्ना गुरुसँग सोधे, ‘कति मान्छेहरु भन्छन् जीवन एक संघर्ष हो । कतिपय भन्छन् जीवन भनेको खेल हो । कतिपय भन्छन् जीवन एक उत्सव हो । यसमध्ये कुन सही होला ?’

गुरुले दिएको साधरण जवाफ शिष्यले बुझेनन् । तब गुरुजीले एक कथा सुनाए । कथा यसप्रकार थियो ।

एकपटक कुनै गुरुकुलमा तीन जना शिष्य थिए । उनीहरुले आफ्नो अध्ययन पुरा गरे । त्यसपछि उनीहरुले गुरुजीकहाँ गएर विनम्रतासाथ सोधे, ‘गुरुदक्षिणामा के चाहिन्छ ?’ प्रश्न सुनेर गुरु सुरुमा त मनमनै मुस्कुराए । त्यसपछि भने, ‘मलाई तिमीहरुको गुरु दक्षिणमा एक थैलो भरेर सुख्खा पात चाहिन्छ । सक्छौं ?’

World Link Ads
Mahakali Polytechnic

यो सुनेर तीन जना शिष्य नै प्रसन्न भए । किनभने उनीहरुलाई यो अत्यान्तै मामुली र सजिलो काम लाग्यो । तीन जना शिष्य कुनै जंगलमा पुगे । तर, उनीहरुलाई अनौठो लाग्यो कि त्यहाँ सुख्खा पात त केवल एक मुट्ठी भन्दा धेरै छैन । उनीहरुले सोचे, आखिर कसले जंगलबाट यत्तिका सुख्खा पात उठाएर लगे ? सुख्खा पातको उपयोग के होला ?

Dirghayu Ads

तब उनीहरुले टाढाबाट एक किसान आइरहका देखे । उनीहरु किसानका नजिक पुगे र याचना गर्न लागे कि, ‘कृपा गरेर हामीलाई एक एक थैलो सुख्खा पात दिनुहोस् ।’

तब किसानले उनीहरुसँग क्षमा माग्दै भने, ‘म तपाईंहरुको सहयोग गर्न असमर्थ छु । किनभने सुख्खा पत्तिलाई इन्धन र मलको रुपमा मैले प्रयोग गरिसकेको छु ।

यो सुनेपछि तीन जना शिष्य एक गाउँमा पुगे । त्यहाँ पुगेर उनीहरुले एक व्यापारी भेटे । उनै व्यापारीसँग तीन थैलो सुख्खा पत्ता दिनका लागि आग्रह गरे । तर, व्यापारीले पनि उनीहरुलाई सुख्खा पात दिन सकेनन् । उनले भने, ‘सुख्खा पात त मैले पहिले नै बेचिसकेको छु ।’ उनले के चाहि सुझाए भने, जंगलबाट त्यहाँसम्म सुख्खा पात ल्याउने एक वुढी बज्यै छिन् । उनीसँग सुख्खा पात हुनसक्छ ।

Sana Kishan

तीन जना शिष्य उनै बुढीलाई खोज्दै खोज्दै गए । ति बुढी सुख्खा पत्तालाई अलग अलग गरेर केही प्रकारका औषधि बनाइरहेकी थिइन् । उनले पनि सुख्खा पात दिन अस्विकार गरिन् उनले भनिन् कि ति सुख्खा पात औषधी बनाउनका लागि उनलाई नै चाहिन्छ ।

तब उनीहरुलाई निराशा हात लाग्यो । उनीहरु निरास भएर गुरुकुल फर्किए । गुरुजीले उनीहरुलाई देखेर सोधे, ‘लिएर आयौं त गुरुदक्षिणा ?’

तीन जना शिष्यले शीर झुकाए । गुरुजीले फेरी सोधेपछि एक शिष्यले भने, ‘गुरुदेव ! हामीले तपाईंको इच्छा पुरा गर्न पाएनौं । हामीले सोचेका थियौं कि सुख्खा पात त जंगलमा सर्वत्र मिल्छ । तर, अनौठो कुरा के भने सुख्खा पात त मान्छेले अरु नै कामका लागि उपयोग गरिसकेका रहेछन् ।

गुरुजीले पहिले जस्तै मुस्कुराउँदै भने, ‘निराश किन हुन्छौं ? खुसी भएर जाउ । तर, के कुरा ख्याल गर भने सुख्खा पत्ता पनि व्यर्थ छैन, त्यसको उपयोग हुन्छ ।’ गुरुजी प्रणाम गरेर प्रशन्न हुँदै आ–आफ्नो घर गए ।

यो कथा सुनिसकेपछि शिष्यले भने, ‘गुरु जी अब बल्ल मैले तपाईंको कुरा बुझें । तपाईंको संकेत बस्तुत ः सर्वसुलभ सुख्खा पात पनि निरर्थक र बेकार हुँदैन । त्यसैगरी कुनैपनि व्यक्तिलाई हामीले सामान्य, कमजोर र महत्वहिन सम्झेर तिरस्कार गर्नु हुँदैन । जीवनमा हामीसँग जे छ त्यसैको आनन्द लिनुपर्छ ।

तर, हामी त्यही कुराको अपेक्षा गर्छौं, जुन हामीसँग छैन । यसले हामीलाई दुःखी बनाउँछ ।’

तब गुरुजीले भने, ‘हो मेरो कथाको तात्पर्य हो कि जब हामी कसैसँग भेट्छौं, उनलाई यथायोग्य सम्मान दिनुहोस् । यस्तो मान गर्नुहोस् कि जसले स्नेह, सद्भाव, सहिष्णुता विस्तार गरोस् । यसो गरिएमा हाम्रो जीवन ‘संघर्ष’ बन्दैन ‘उत्सव’ बन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.