साँचो माया पाएपछि केटाहरुले देखाउँछन् यस्तो व्यवहार, तपाईमा पनि देखियो की ?

Sana Kishan
Total
11
Shares

भनिन्छ, मायामा नै संसार अडिक छ। साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ।

Arus

माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ । मायामा आत्मियता छ, मधुरता छ, विशाल छ अनि मायामा भावुकता पनि छ। मायाको उद्गम बिन्दु एउटै हो ।

माया विश्वास हो, मायामा आत्मसन्तुष्टि, सद्विचार, सद्भावना र सद्चरित्र छ भन्ने कुरामा दुई मत नहोला । मायामा सर्मपण, दया, करुणा, सहयोगी भावना हुनैपर्छ । मायामा सुख, आनन्दका सारा संसारको खुसीमा नै मायामा छ।

प्रत्येक व्यक्तिको जिन्दगीमा यस्तो समय आउँछ जब उ कसैलाई माया गर्छ र आफूले माया गरेकोले आफूलाई पनि माया गरोस भन्ने चाहन्छ । यदि कसैले कोहीसंग माया गर्छ भने उसको जीवनमा केही न केही परिवर्तनहरु आउछन् । तर साँचो माया पाएपछि केटाहरु के गर्छन् भन्ने वारेमा ६ वटा सुत्रहरु यस प्रकार छन्।

१) कसैसंग साँचो माया भएपछि केटाहरु बेकारको कुराहरु गर्न छोडिदिन्छन् । उनीहरु आफ्नो पार्टनरसंग बसेर भविष्यका कुराहरु गर्न मन पराउछन् ।

२) साँचो माया पाएपछि केटाहरु यो कुरालाई कसैको अगाडी लुकाउन चाहादैनन् । साथी, भाई, बहीनीहरुसंग आफ्नो पार्टनरलाई भेटाउछन् ।

३) माया बसेपछि केटाहरु केटीको परिवारसंग भेट्न र उनको परिवारको बारेमा जान्नको लागि आतुर हुन्छन् ।

Indreni

४) केटाहरु भविष्यलाई लिएर चिन्तित हुन्छन् । यसको बारेमा कुरा पनि गर्छन् ।

५) जब कोही केटाको साँचो माया बस्छ त अचानक केटाहरु चाहिएको भन्दा बढी केयरिंग हुने गर्दछन् । उनीहरु आफ्नो मायालुलाई केहि चिन्ता नहोस भन्नेतिर नै सोची राखेका हुन्छन् ।

६) माया बसेपछि अचानक केटाहरुको केटीप्रति विश्वास बढ्न थाल्छ । नयाँ पुस्ता बाट सभार

Total
11
Shares
सम्वन्धित समाचार
Total
11
Share