सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्रीलङ्कन एअरलाइन्सको नेपाल उडान भोलिदेखि

श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक विमान श्रीलङ्कन एअरलाइन्सले भोलि मङ्गलवारदेखि काठमाण्डौमा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार श्रीलङ्कन एअरले मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ, काठमाण्डौ–कोलम्बो दुईतर्फी उडान गर्ने भएको हो ।

भोलि बिहान नौ बजेर ४० मिनेटमा एक सय ४० जना यात्रु लिएर आउने जहाज १० बजेर ४० मिनेटमा एक सय ५० जना यात्रु बोकेर फर्कनेछ । श्रीलङ्कन एअरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट जीएसए रहेको जेनिथ ट्राभलका प्रमुख दीपक मैनालीले काठमाण्डौ र श्रीलङ्काबीचको धार्मिक पर्यटनलाई जोड्ने हिसाबले यो उडान सुरु भएको जानकारी दिनुभयो ।

Sana Kishan

अहिले श्रीलङ्काले पर्यटकलाई आगमन स्वीकृति दिइएको छ । काठमाण्डौ–कोलम्बोसहित श्रीलङ्कन एअरलाइन्सले कोलम्बोलाई ट्रान्जिट बनाएर साउदी अरेबियाको दमाम, रियाद, कतारको दोहा, दुबई र माल्दिभ्समा पनि उडान गर्नेछ ।  उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.