पाँच दिनदेखिको वर्षाका कारण देशका विभिन्न सडक बन्द, पहाडका ग्रामीण सडक अस्तव्यस्त

Sana Kishan
Total
10
Shares

गएको पाँच दिनदेखि भएको निरन्तर वर्षाले देशका डेढ दर्जन बढी सडक बन्द भएका छन् । काठमाण्डौ उपत्यकाबाट हेटौँडा जाने कान्ति लोकपथ सडकअन्तर्गत भट्टेडाँडामा सडक बन्द छ । चन्द्रागिरि नगरपालिकाको चिसापानीमा बन्द भएको पृथ्वी राजमार्ग अहिले खुलेको प्रहरीले जनाएको छ ।

Arus

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ थिङडाँडामा पहिरो जाँदा कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक बन्द छ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हसेली तुवाचुङमा पहिरोले सडक बन्द छ ।

यता सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका लिपिङमा अरनीको राजमार्गको अवरोध अझै हटेको छैन । सिन्धुपाल्चोककै मेलम्ची–जिरोकिलो सडक पनि बन्द छ ।

साथै बेसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङ सडक खण्ड र स्याङ्जाको गल्याङमा सिद्धार्थ राजमार्ग बन्द छन् । बेनी–जोमसोम सडक खण्डको म्याग्दी र मुस्ताङका तीन ठाउँमा सडक बन्द छ ।

यता पाल्पाको तानसेनमा रहेको डुम्रे र गौडेपुलमा सिद्धार्थ राजमार्ग बन्द रहेको छ । प्युठानको चोरनेटामा पहिरो जाँदा भालुवाङ–प्युठान सडक खण्ड बन्द छ ।

यस्तै कर्णाली राजमार्ग अन्तर्गत कालीकोट र दैलेख जिल्लामा सडक बन्द छ । बाजुराको साँफे–मार्तडी सडक पनि बन्द रहेको सडक विभागले जनाएको छ ।

Indreni

गएको जेठ ३० गतेपछि देशका विभिन्न सडकको दुई सय चार वटा ठाउँमा बन्द भएकोमा १६ ठाउँमा अझै अवरोध रहेको सडक विभागले जनाएको छ । एक सय १७ ठाउँको सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ भने ६८ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

अन्तरजिल्ला जोडिएका मुख्य सडकहरूसँगै धेरैजसो जिल्लाभित्रका सडकहरू पनि बाढी र पहिरोका कारण बन्द छन् । ग्रामीण भेगका कच्ची सडकहरूमा अवरोध हुँदा जिल्लाभित्रको आवतजावत प्रभावित हुने गरेको छ । उज्यालो अनलाइन बाट सभार

Total
10
Shares
सम्वन्धित समाचार
Total
10
Share