के भयो खै भेटुँ भन्छु भट्न पनिि नसकिने
प्रीतको धीत मेटु भन्छु मेट्न पनि नसकिने
सोचे जस्तो हुन्न किन पट्यारिलो यो जिन्दगी
घाँटी आफ्नै रेटुँ भन्छु रेट्न पनि नसकिने
खोजे जस्तो, रोजे जस्तो देखे जस्तो हुन्न रै’छ
जीवनका पीर व्यथा खेद्न पनि नसकिने
दु:खको आहालमा डुब्दै नाक र मुख चोपी
दुई मुटु एउटै हार झेट्न पनि नसकिने
झर्छ कैले जिन्दगी यो ओइलाएर थाहा छैन
मनको पीर इरेजर्ले मेट्न पनि नसकिने
रमेश पन्त “मीतबन्धु” को झुल्के घाम बाट सभार