सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माधवकुमार नेपालले भनेः लोकतन्त्र बचाउन पार्टी फुटायौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गराउन पार्टी विभाजन गरिएको बताएका छन् ।

उनले संविधान, लोकतन्त्र, संघीयता र समावेशीता जोगाउन नयाँ सीराबाट अघि बढ्ने बताएका छन् । उपचारपछि काठमाडौँ फर्किएका वरिष्ठ नेता झलनाथ खनाललाई स्वागतार्थ काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

Sana Kishan

‘संविधान, लोकतन्त्र, संघीयता र समावेशीता जोगाउन नयाँ सीराबाट अघि बढेका छौँ । लोकतान्त्रिक शक्तिहरु हातेमालो गरेर अघि बढ्छौँ’ नेता नेपालले भने ।

World Link Ads
Mahakali Polytechnic

साथै आफूहरु नयाँ चरणबाट अघि बढेको भन्दै उनले जिल्ला जिल्ला र प्रदेशमा भदौ २२ सम्म अधिकांश नेता, कार्यकर्ताहरु  समाजवादीमा आवद्ध भएको घोषणा गर्ने बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी थिए । अन्नपूर्ण पोस्ट बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.