सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वास्तु विज्ञान अनुसार कसरी घरको आन्तरिक सज्जा गर्ने ?

घरको आन्तरिक सज्जा (इन्टेरियर डिजाइन) कस्तो हुनुपर्छ ? घर निर्माणका क्रममा सबैभन्दा बढी उठ्ने प्रश्न हो यो ।

वास्तु विज्ञान अनुसार कसरी आन्तरिक सज्जाको तालमेल मिलाउने ? यो प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

आन्तरिक सज्जा यस्तो हुनुपर्छ, जसले घरलाई आकर्षक देखाउन सकोस् । आकर्षक मात्र होइन, सहज पनि होस् ।

World Link Ads
Mahakali Polytechnic

आजभन्दा डेढ दशकअघिसम्म नेपालमा आन्तरिक सज्जाको बजार उतिविधि चलेको थिएन । कोहीकोही व्यक्तिले घर बनाइसकेपछि शोखको आधारमा घरको सज्जालाई ध्यान दिन्थे । धेरैमा परम्परागत सजावट प्रणालीकै दबदबा थियो । वास्तवमा त्यतिबेलासम्म आन्तरिक सज्जाको व्यावसायिक हुन सकिरहेको थिएन ।

Dirghayu Ads

इन्टेरियर डिजाइनर अर्चना शाह सिंहले १५ वर्षअघि विदेशबाट यससम्बन्धी पढाइ सकेर नेपाल आउँदासम्म इन्टेरियर डिजाइन गराउने चलन निजी क्षेत्रमा समेत विकास भएको थिएन । तर सानो ठाउँमा धेरै कर्मचारी अटाउनु पर्ने ठूला करदाता सेवा कार्यालयले उनलाई इन्टेरियर डिजाइनको लागि आग्रह ग¥यो । त्यो नै शाहले गरेको पहिलो सरकारी कार्यालयको आन्तरिक सज्जा हो ।

पछिल्लो डेढ वर्षको समयमा यो क्षेत्रले कसरी यति धेरै प्रगति गर्यो त ? नेपालको इन्टेरियर डिजाइनको अहिलेको अवस्था र धेरै फस्टाउनुको कारणबारे सिंहले यसरी जानकारी दिइन् :

करिब डेढ दशक अघिसम्म अस्तित्वविहीन जस्तै रहेको इन्टेरियर डिजाइनको क्षेत्रले विशेषगरी काठमाडौंमा राम्रो बजार विस्तार गरिसकेको छ । जतिबेला जग्गाको मूल्य कम थियो र घरको क्षेत्रफल पनि बढी हुन्थ्यो, त्यतिबेलासम्म इन्टेरियर डिजाइनको खासै महत्व देखिएको थिएन । तर जब बिस्तारै ‘स्पेस भ्यालु’ महँगो हुँदै गयो । संकुचित भएर सानो ठाउँमा धेरै जनाले काम गर्नुपर्ने बाध्यता थपिन थाल्यो, त्यसपछि बल्ल काठमाडौं लगायत शहरी भेगमा इन्टेरियर डिजाइनको प्रचलन बढी भएको हो ।

डिजाइन गर्ने हरेकको आ–आफ्नै मूल्य र मान्यताहरु हुन्छन् । आन्तरिक सज्जामा मेरो मौलिक शैली छ । कुनै पनि इन्टेरियर डिजाइन गर्दा सबैभन्दा पहिले के सन्दर्भ, कसको लागि र के प्रयोजनका लागि डिजाइन गरिँदै छ ? भन्ने कुरालाई ध्यान दिने गरिन्छ । इन्टेरियर डिजाइन भनेको नै सानो ठाउँलाई व्यवस्थापन गरेर कुनै पनि ठाउँलाई बेकामी नबनाउनु हो । त्यसैले त्यही मर्मलाई ध्यानमा राखेर डिजाइन गर्ने गरिन्छ ।

Sana Kishan

इन्टेरियर डिजाइन र वास्तुको सम्बन्ध

वास्तु शास्त्र हरेक मान्छेको जीवनशैलीसँग सम्बन्धित छ । वास्तु घरको पनि हुन्छ, जग्गाको हुन्छ, घरभित्र कोठाको हुन्छ र सूक्ष्म रुपमा कोठाभित्र सजाउने सामग्री कुन दिशामा समाउने भन्ने पनि वास्तुसँग सम्बन्धित हुन्छ ।

हिजोआज इन्टेरियर डिजाइनको क्रममा वास्तु मिलाउनु अत्यन्त चुनौतीपूर्ण हुने गर्छ । अत्यन्त कम ठाउँमा धेरैभन्दा धेरै सामग्री अटाउनु पर्ने हुन्छ । वास्तु मिलाउँदा ठाउँ खाली हुन सक्छ वा सबै सामग्री नअट्न सक्छ । वास्तु नमिलाउँदा त्यसमा स्थायित्न नहुन सक्छ । त्यसैले हिजोआज घरधनीको आवश्यकता र वास्तु मिलाएर डिजाइन गर्नु अत्यन्त चुनौतीपूर्ण काम भएको छ ।

त्यसो त वास्तु सबैले मान्ने कुरा पनि होइन । मान्नेको लागि यो सर्वस्व हो र नमान्नेको लागि केही पनि होइन । तर हामीहरु धेरैले इन्टेरियर डिजाइन गर्दा वास्तुलाई पनि प्राथमिकतामा राखेर डिजाइन गर्ने गर्छाैं ।

वास्तु मिलाएर डिजाइन गर्दाको फाइदा

वास्तुमा विश्वास गर्ने नगर्ने दुवैमा वास्तु मिलाएर डिजाइन गर्नुको पछि पनि केही कारणहरु छन् । हामीले बुढापाकाले भनेको आधारमा पश्चिमबाट हावा चल्ने ठाउँमा पश्चिमपट्टि ढोका नराख्ने, उत्तरतिर सिरानी नराख्ने जस्ता कुराहरु हामी अहिलेसम्म पनि पालना गर्छाैं । किनभने जुन दिशाबाट हावा चल्छ त्यही दिशामा झ्यालढोका राख्दा निरन्तरको हावाको बेगले मान्छे बिरामी हुन सक्छ । त्यसैले सुरक्षाको लागि पनि त्यो दिशामा झ्याल ढोका राखिँदैन । यसरी हामी अहिले पनि डिजाइन गर्ने बेलामा उत्तरतिर सिरानी हुनेगरी डिजाइन गर्दैनौं ।

आन्तरिक सज्जामा ध्यान दिनुपर्ने कुराहरु

इन्टेरियर डिजाइन गर्दा सबैभन्दा धेरै ध्यान दिनुपर्ने विषय भनेको त्यसको उपभोग गर्नेलाई सहज र उनीहरुको जीवनशैली गुणस्तरीय हुनुपर्छ । मुख्यकुरा त्यही नै हो । त्यसबाहेक बच्चा भएको ठाउँमा धेरै स्पेस राख्ने, सुपरमार्केटको डिजाइन गर्दा सामानसँग नठोकिने खालको बनाउने जस्तो कुरालाई ध्यान दिनुपर्छ । अर्चना शाह सिंहले अनलाइन खबरमा लेखेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.