सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाबाट महेन्द्रनगरको लागि आउँदै गरेको जिप बैतडीमा दुघर्टना !

दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन । बा१२च ४२४० नम्बरको स्कारपियो बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेक स्थित क्वालिटी मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा कञ्चनपुरको वेदकोट नगरपालिका–८ गयलनदीका हरिस बोहरा र दोगडाकेदार–२ बडियाका दानसिंह भाट घाइते भएका छन्। उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि बाहिर रेफर गर्ने तयारी भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए।

Sana Kishan

स्कारपियोमा चालकसहित दुई जनामात्रै रहेको प्रहरीले जनाएको छ। वर्षाका कारण सडक चिप्लो भएर दुर्घटना भएको बमको भनाइ छ। जिप सडकबाट १०० मिटर तल खसेको छ। भिजन न्युज नेपाल बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.