सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीष्म पितामहले बताएका थिए लामो आयुको रहस्य !!

भीष्म पितामह एक पौराणिक पात्र हुन् । कथा अनुसार उनी राजा शान्तनु र गगांका सन्तान थिए । महाभारतमा उनको विशेष चर्चा गरिएको छ । भीष्म पितामह महान् योद्धा थिए । उत्तम नेतृत्वकर्ता थिए ।

के भनिन्छ भने, भीष्म पितामहलाई आफ्नो इच्छा अनुसार मृत्युवरण गर्न सक्ने वरदान मिलेको थियो । यो वरदान उनलाई पिता शान्तनुबाट मिलेको थियो । उनलाई महाभारतमा श्रेष्ठ, ज्ञानी, पराक्रमी, असल–खराब छुट्याउन सक्ने पात्रको रुपमा चित्रित गरिएको छ ।

भीष्म पितामहले जीवन र जगतका बारेमा थुप्रै उपयोगी कुरा बताएका थिए । उनले कसरी दीर्घजीवन प्राप्त गर्ने भन्ने कुराको रहस्य पनि खोलेका थिए ।

World Link Ads
Mahakali Polytechnic

जीवन परित्याग नगरौं

Dirghayu Ads

एता बुद्धिं समांस्थय जीवितत्यं सदा भवेत्

जीवन् पुण्यमवाप्नोति पुरुषो भद्रमश्नुते ।।

भीष्म पितामहले उक्त श्लोकको माध्यामबाट भनेका छन् कि पुण्य संचय गर्नु जरुरी छ । यद्यपि जो व्यक्ति जीवित रहन्छन्, उनीहरुले नै पुण्य सञ्चय गर्छन् । यसले आयुमा बुद्धि हुन्छ । त्यसैले कहिले पनि जीवन परित्याग गर्नु हुँदैन । पितामह भीष्मले भनेका छन् कि जीवनबाट कहिल्यै निराश हुनुहुँदैन र आत्महत्याको विचार कहिले पनि मनमा आउन दिन हुँदैन ।

जे गर्नुपर्छ, त्यो गरौं

Sana Kishan

यथा यथैव जीवेद्धि तत्कर्तव्यमहेलया

जीवितं मरणाच्छयो जीवन्धर्ममवाप्नुयात्

भीष्म पितामह उक्त श्लोकको माध्यामबाट के भन्न चाहन्छन् भने जीवनलाई बचाइराख्नका लागि जे गर्नुपर्छ, त्यो गरौं । मर्नु भन्दा जिउनु राम्रो हो । यसैले बाँच्नका लागि जे जति गर्नुपर्छ, त्यो गरौं । तर ध्यान राख्नुपर्ने कुरा भने यो सद्कर्म हुनुपर्छ । यसबाट धर्म पनि मिल्छ र जीवन पनि राम्ररी चल्छ । यदि लामो आयु बाँच्ने हो भनो खराब परिस्थितीमा पनि जीवनप्रतिको आशा नछाडौं ।

आचारले लामो आयु

आचाराल्लभते ह्यायुराचाराल्लभते श्रियम्

आचारात्कीर्तिमाप्नोति पुरुषः प्रेत्य चेह च ।।

उक्त श्लोकको माध्यामबाट भीष्म पितामहले भनेका छन् कि आचारले मान्छेको जीवनमा दीर्घायु मिल्छ । यसले मान्छेलाई सम्पति पनि प्राप्त हुन्छ । पितामह भन्छन् कि अचार विचारले नै मान्छेले यो लोक र परलोकमा निर्मल कीर्ति प्राप्त गर्छन् । यसैले लामो आयु पाउनका लागि आचरण शुद्ध हुनुपर्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.