दुर्घटनाबाट मृत्यु भएका जाेशी परिवारलाई नेशनल लाईफ द्वारा मृत्यु दाबी भुक्तानी 

 नेशनल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानि गरेको छ। महेन्द्रनगर भासी निवासी स्वर्गीय भुवन प्रशाद जाेशिकाे  परिवारलाई मृत्यु बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले कार्यक्रम गरी भीमदत्त नगरपालिका ३ भासिका जाेशिको परिवारलाई ५ लाख  रकम भुक्तानी दिएको छ । उक्त रकमकाे चेक  मृतकका श्रीमती भागरथी कुमारी जाेशि लाई  हस्तान्तरण गरिएको छ ।
६ बर्ष अगाडी कम्पनीका अभिकर्ता अमृत बहादुर शाह बाट ५ लाखको बाल अमृत १ सावधिक बीमा गरेका जाेशीको गत असारमा दुर्घटनाका कारणबाट मृत्यु भएको थियो, चेक हस्तान्तरण गर्दै शाखा प्रमुख नवीन किशाेर भट्टले  कम्पनीको नियम अनुसार बच्चाको बिमामा प्रस्तावककाे मृत्यु हुदा नियम अनुसारको बिमाङ्क रकम तत्कालै भुक्तानी गरिएको छ ।
यस पछिका सम्पुर्ण किस्ताहरु मिनाहा हुनुका साथै बिमा अवधि सकिदा बच्चालाई बिमाङ्क रकम र पुर्ण अवधिकाे बाेनस पुनः भुक्तानी गरिने जानकारी दिनु भयाे ।
कम्पनीकाे एजेन्सी कार्यालय मझगाउँका सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द  लगायतका अन्य अभिकर्ताहरुकाे उपस्थितिमा  मृत्यु दाबि भुक्तानी रकमकाे चेक हस्तान्तरण गरिएको थियाे ।
https://youtu.be/QOyd0jscI0k
Total
16
Shares
Related Posts

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर…
पुरा पढ्नुहोस

यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक, दसैँको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान…
पुरा पढ्नुहोस
Total
16
Share