साइनबोर्ड

Sana Kishan
Total
2
Shares

रमेश पन्त मीतबन्धु -भ्रष्टाचारीलाई नाे इन्ट्री – ढाेकामा झुन्डिएको साइनबोर्डमा यस्तै व्यहाेरा कुँदिएको थियाे। पढिसकेर हात लगाउन खाेज्दा पहेरदार भाेटे कुकुर लखेट्न आएपछि म कुलेलम ठाेक्न बाध्य भए। हाकिमसाबकाे चर्चा परिचर्चा बजारमा गरम मसला नै थियाे। भ्रष्टाचार विराेधि अड्डाका हाकिमसाबले भ्रष्टाचार गर्छन् र भ्रष्टाचारीलाई शरण दिन्छन् भन्ने कुराकाे परिकल्पना अाम मान्छेले गर्ने कुरै भएन।

Arus

त्यै अफिसकाे बाटाे भएर ओहाेर दाेहाेर गर्नुपर्ने मेराे बाध्यता नै थियोे । भाेलिपल्ट अफिस निर पुग्दा छड्के आँखा लगाएकाे त बेग्लै दृश्य पाे देखियाे। दुई थान सुकिलाहरु जिपबाट झरिरहेका थिए , एउटाकाे हातमा सुटकेश जस्ताे देखिने खै के हाे ? झुन्डिएको थियाे । लकडाउनकाे समय दुवैजनाले मास्क लगाएकाले चिन्न चै गाह्राे भयाे। गेटमा झुन्डिएको साइनबोर्ड तिर आँखै नलगाई दुवैजना भित्र छिरे ।

मलाई लखेट्न आएकाे पहरेदार कुकुर पनि नभुकेर पुच्छर हल्लाइ रह्याे। सायद पुरानो चिनजान हाेला । भित्र छिरेकाे पाँच मिनेट नि भा ´थेन फर्केर खालि हात दुवै बाहिर पाे आइसके त बा । कति तिनीहरू कै चियाे गर्नु , म आफ्नाे बाटाे लागे । भाेलिपल्ट पत्रिकामा त्यै कार्यालयकाे नाम सहितकाे हेडलाईन न्युज पढ्दा तीन छक्क परें । तिनै हाकिमसाबकाे नाम अनि दलालबाट घुस लिएको गरम मसालेदार खबर । -ओ हाे भ्रष्टाचारीलाई नाे इन्ट्री झुण्ड्याउनुकाे कारण त यस्तो पाे रैछ ।

Indreni

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share