सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज ‘ठूली गौरा’ मनाइँदै

सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।

ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको पण्डित विष्णुदत्त पन्तले बताए । उनले भने ‘गौरादेवीको आराधना ब्रतालु महिलाहरुले फाग मार्फत गर्ने गरेका छन् । गौरादेवीलाई भित्र आएर बसीदिन उनीहरुले फाग मार्फत नै आग्रह गर्ने गरेका छन् ।’

गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् ।

Dirghayu Ads

गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ ।

गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । तर यो बर्ष कोरोना कहरका कारण गौराको रौनकता नभएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय प्रशासनले पनि गौराको समयमा भीडभाड नगर्न आग्रह गरेका छन् । भगीरथ अवस्थीले सगुन खबरमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.