सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आमाबुवाका यी गल्तीहरु, जसले बच्चालाई कहिलै हुनदिदैन आत्मनिर्भर !!

छोराछोरीलाई कसरी स्यहार–सुसार गर्ने भन्ने कुरामा अहिलेका आमाबुवाको बढी नै लगाव देखिन्छ। उनीहरु चाहन्छन्, सकेसम्म छोराछोरीले दुःख भोग्न नपरोस्। उनीहरु सधै सुखी र खुसी देख्न पाइयोस्।

यही कारण आमाबुवाले छोराछोरीलाई सुकिलो, खुसी, सुखी राख्ने प्रयास गर्छन्। छोराछोरीले चाहेको कुरा पुरा गरिदिन्छन्। छोराछोरीले कुनै अभाव अनुभव गर्न नपरोस् भन्ने सोच्छन्।

एक हिसाबले छोराछोरी हुर्काउनका लागि आमाबुवाको मूल दायित्व हो। उनीहरुको खानपान, लुगाफाटो, शिक्षादिक्षा, मनोरञ्जन जस्ता कुरामा आमाबुवाले चासो राख्नुपर्छ र सही प्रबन्ध पनि गरिदिनुपर्छ। तर, यसो भन्दैमा छोराछोरीका खातिर आमाबुवा कुनै कामदार झै बन्नुपर्छ भन्ने पनि होइन।

World Link Ads
Mahakali Polytechnic

बालबालिकालाई निश्चित ढंगले हेरचाह गर्न सकिन्छ। उनीहरुमाथि निगरानी गर्न सकिन्छ। उनीहरुको काम–व्यवहार अवलोकन गर्न सकिन्छ। तर, बालबालिकालाई सुख दिने चक्करमा सम्पूर्ण बोझ आफ्नो टाउकोमा लिनुहुन्न। उनीहरुलाई काम नै गर्न नदिने र सबैकुरा आमाबुवाले नै गरिदिने प्रवृत्तिले अन्ततः उनै बालबालिकालाई नराम्रो असर गर्छ।

Dirghayu Ads

अहिले हामी देख्छौं, आमाबुवाले नै बालबालिकालाई खाना ख्वाउने गर्छन्। सानो शिशुको हकमा त यो ठीकै होला तर खाना खान सक्ने बच्चालाई पनि आमाबुवाले ख्वाइदिन्छन्। बालबच्चा आफैले खानेकुरा खाँदा जुठो बनाएर छाड्छन्, छर्ने गर्छन्, भरपेट खाँदैनन् भन्ने लाग्छ । त्यही कारण आमाबुवाले उनीहरुलाई ख्वाउँछन्।

यसैगरी बालबच्चाको दाँत ब्रस गर्न पनि आमाबुवा नै अगाडि सर्छन् । बालबच्चालाई कसरी दाँत ब्रस गर्ने भन्ने कुरा सिकाउनु जरुरी छ । तर, उनीहरुको ब्रस नै गरिदिनु उचित हुँदैन।

यसबाहेक बालबच्चाको लुगाफाटो लगाइदिने, जुत्ताको लेस बाँधिदिने, कपाल कोरिदिने, नुहाइदिने, खेलौना मिलाइदिने, ओछ्यान उठाइदिने यावत् काम आमाबुवाले नै गरिदिन्छन्। यसरी आमाबुवाले नै सम्पूर्ण काम गरिदिएपछि बालबच्चा खुसी हुन्छन् । वा उनीहरुलाई यस्तो काम गर्नु नपर्दा आनन्द अनुभव गर्छन्।

के यो तरिका उचित होला ?

हामीलाई लाग्छ, छोराछोरीले जान्दैनन्। राम्ररी मिलाउँदैनन् । राम्ररी गर्दैनन्। त्यही कारण हामी आफै गरिदिन्छौ । उनीहरुले मिलाएर खेल्नेकुरा राख्न सक्दैनन्। लुगाहरु मिलाएर लगाउन जान्दैनन्। उनीहरुको ढंग नपुग्ने भएकाले हामी त्यो काम आफै गरिदिन्छौँ । तर, हामीले यसरी उनीहरुको काम गरिदिदा वा सबै कुरामा सहयोग गर्दा उनीहरु परनिर्भर हुन्छन्।

Sana Kishan

बालबच्चाको काम उनीहरुलाई नै गर्न दिनु राम्रो हो। यद्यपि हामीले आदेश दिए जसरी काम अहर्याउने भन्दा पनि प्रेरित गर्ने हो। जस्तो बच्चा विद्यालयबाट फर्कन्छन्, जुत्ता–मोजा फुकालेर –यागमा राख्न सिकाउनुहोस् । झोला सही ठाउँमा झुन्ड्याउन वा राख्न सिकाउनुहोस् । नास्ता उनीहरुलाई आफै खान दिनुहोस् ।

खेलौना उनीहरुलाई नै मिलाउन दिनुहोस् । भलै यस्ता कतिपय काममा उनीहरुको ढंग नपुग्न सक्छ । उनीहरुले उचित तरिकाले मिलाएर राख्न सक्दैनन् । उनीहरुले राखेको, मिलाएको तपाईंलाई चित्त नबुझ्न सक्छ । यस्तो अवस्थामा तपाईंले सहयोग बनिदिनुपर्छ ।

जस्तो बच्चाले पुस्तकहरु मिलाएर झोलामा राख्न जानेनन् वा सकेनन्। तपाईं अग्रसर भएर आफै पुस्तक राखिदिने होइन। बरु कसरी राख्ने भन्नेकुरा सिकाउनुहोस्। कसरी पुस्तक राख्दा च्यातिन्छ वा खुम्चिन्छ भन्ने कुरा बुझाउनुहोस्।

बच्चाले विद्यालय र पाठ्यपुस्तकबाट मात्र ज्ञान आर्जन गर्दैनन्। उनीहरुले स–सना कामबाट पनि उपयोगी शिक्षा हासिल गरिरहेका हुन्छन्। त्यसैले घरमा उनीहरुलाई सहज ढंगको र सकेसम्म उनीहरुकै काम लगाउनुहोस्।

सुत्नुअघि ओछ्यान मिलाउने, उठिसकेपछि ओछ्यान मिलाउने, पानी आफै सारेर पिउने, लुगाफाटो आफै तयार गर्ने, नास्ता आफै मिलाउने काममा अभ्यस्त बनाउनुहोस्।

तर, यस्तो क्रममा तपाईंले गर्नै नहुने अर्को गल्ती भनेको तुलना गर्नु हो । फलानोको छोरा वा छोरीले यसरी मिलाउँछ, यसरी काम गर्छ भनेर तपाईंले अर्कासँग दाँज्नुभयो भने त्यसको गलत असर उनीहरुमा पर्छ।

आफ्नै घरका दाजुभाई, दिदीवहिनीसँग पनि एकअर्कालाई दाँजेर काम लगाउनुभयो भने त्यसले उनीहरुलाई प्रेरित होइन, हतोत्साही गराउँछ। उनीहरु आफुलाई कमजोर र निरिह ठान्न सक्छन्। यसैले कुनैपनि काम गराउँदा उनकै ढंगले, उनकै शैलीले गर्न दिनुहोस् । तर, ति काम कसरी गर्दा सही र सहज हुन्छ भन्ने चाहि सिकाउनुहोस्।

कतिपय आमाबुवा यस्ता हुन्छन् कि आफ्नो बच्चालाई काम गर्नै नदिने । बच्चाले काम गर्दा उनीहरुलाई दुःख हुन्छ भन्ने सोचाई राख्छन्। जबकी बच्चाले कामबाट नै जीवनोपयोगी शिक्षा लिने हो । ‘मेरो बच्चाले जान्दैन, गर्न सक्दैन’ भनेर जब तपाईं सबै काम आफै गरिदिनुहुन्छ, तपाईंको बच्चा अरुको साहारा बिना बाच्नै नसक्ने हुन्छन्। भोलिका दिनमा तपाईंले बच्चालाई सबैकुरा आफै गरिदिन सक्नुहुन्न। त्यस अवस्थामा उनको काम कसले गरिदिने ?

सकेसम्म उनीहरुको काममा तपाईंले हात नहाल्नुहोस्। बरु भान्साको काम, बगैचाको काम, सरसफाईको काममा उनीहरुलाई प्रेरित र अभ्यस्त बनाउनुहोस्। यसले गर्दा बच्चामा कामप्रतिको रुची पनि बढ्दै जान्छ। जब बच्चा सानै उमेरदेखी काम गर्न पोख्त र अभ्यस्त हुँदै जान्छन्, उनीहरुको भविष्य सहज हुन्छ। सरल हुन्छ। नयाँ पुस्ता बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.