सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कुन उमेरमा बालबालिकालाई विद्यालय शिक्षा उपयुक्त ?

अघिल्लो पुस्तासम्म सामान्यत पाँच बर्षको उमेरलाई विद्यालय शिक्षामा प्रवेश गर्ने उपयुक्त उमेर मानिन्थ्यो । अहिले यो उमेर–अवधी घटेर दुई÷अढाईमा झरेको छ । अझ पछिल्लो समय त दुधे एवं काखे बच्चा स्यहार्ने कक्षा समेत खुल्न थालेका छन् । यसरी बच्चाहरु आमाको काखमा लुटपुटिने अवधी छोटिएको छ र विद्यालय शिक्षाको यात्रा लम्बिएको छ ।

कुनै बखत कक्षा एकलाई विद्यालय शिक्षाको प्रारम्भिक खुड्किलो मानिन्थ्यो । कक्षा एकमा प्रवेश गरेपछि कखरा सिकाइथ्यो । अहिले भने कक्षा एकमा आइपुग्न अरु चार÷पाँच तह छिचोल्नुपर्छ ।

प्ले ग्रुप, नर्सरी, जेकेजी (जुनियर किन्डरगार्टेन), एसकेजी (सिनियर किन्डरगार्टेन) । त्यसपछि बल्ल बच्चाले कक्षा एकमा प्रवेश पाउँछन् । भन्न त यसलाई पूर्व–प्राथमिक तह भनिएको छ, जहाँ बच्चालाई खेल्ने, स्यहार्ने गरिन्छ । तर, व्यवहारिक रुपमा भने पूर्व–प्राथमिक तहबाट नै बच्चालाई पेन्सिल समात्ने, अक्षर खिप्ने र पाठ पढाउने गरिएको पाइन्छ ।

World Link Ads
Mahakali Polytechnic

शैक्षिक प्रणालीको हिसाबले विश्वकै उदाहरिणय मुलुक मानिन्छ, फिनल्यान्डलाई । त्यहाँको पठन विधी अनुकरणिय छ । संसारकै उत्कृष्ण शिक्षा प्रणाली भएको यो मुलुकमा सात बर्षपछि मात्र बच्चालाई विद्यालय भर्ना गरिन्छ । उनीहरुलाई कलिलो उमेरमा कक्षाकोठा भित्र थुनिदैन ।

जापानमा रहेर बालबालिकाकै क्षेत्रमा काम गरिरहेका विजय ज्ञवालीका अनुसार जापानमा ६ बर्ष भन्दा अघि बच्चालाई पेन्सिल समात्न पनि दिइदैन ।

उनका अनुसार जापानमा ६ बर्षभन्दा कम उमेरका बच्चालाई निस्फिक्री घरमै खेल्न, रमाउन, हुर्कन दिइन्छ । यो उमेरसम्म उनीहरुलाई न विद्यालयको ढोका चाहर्न लगाइन्छ, न अक्षर घोकाउन नै । त्यसपछिको अर्थात ६ बर्षपछिको उमेर भने विद्यालय शिक्षाका लागि हो ।

Sana Kishan

हाम्रो पूर्विय संस्कृतिले पनि शिक्षा–दिक्षाका लागि निश्चित उमेर तोकेको छ । जीवनका १६ संस्कारमध्ये यसलाई पनि एक संस्कारको रुपमा लिइएको छ । यस अन्र्तगत ब्रतबन्ध पछिको समय उनीहरु शिक्षा–दिक्षा लिने हो । यो उमेर ८ बर्षबाट सुरु हुन्छ ।

पूर्विय संस्कार अनुसार बच्चा जन्मिएपछि आठ बर्षसम्मको अवधीमा आमाको ममतामयी स्पर्शमा हुर्कनुपर्छ । यस अवधीलाई गर्भाश्रम भनिएको छ । त्यसपछि ब्रम्हाचार्यश्रम सुरु हुन्छ, जुन आठ बर्षदेखि २५ बर्षसम्मको उमेर हो । यो उमेर अवधी भनेको उसले गुरुकुलमा विद्या तथा सांसरिक ज्ञान आर्जन गर्ने हो ।

यस हिसाबले हेर्दा ६ वा ८ बर्षपछि नै बच्चा शिक्षा आर्जन गर्नका लागि योग्य हुन्छन् । त्यसअघिको उमेरमा उसले आमाबुवाकै सामिप्यता पाउनुपर्छ । स्पर्श पाउनुपर्छ । ममता पाउनुपर्छ ।

तर, अहिले कलिला बालबच्चा आमाबुवाबाट विमुख हुँदैछन् । उनीहरुलाई आमाको न्यानो काखबाट कक्षाकोठामा स्थान्तरण गरिएको छ । पूर्व प्राथमिक तहका यी पाठशाला अब बच्चाका लागि अनिवार्य मानिन थालिएको छ ।

कलिलो उमेरमा बच्चालाई आफुबाट छुटाएर कक्षा कोठामा पु¥याउँदा के हुन्छ ? अभिभावकले यसको जवाफ खोजेका छैनन् । बरु उनीहरुले गणना गरेका छन्, जति सानो उमेरमा पढायो, करियरका लागि उत्तिनै समय लम्बाउन सकिनेछ ।

अर्थात सानै उमेरमा विद्यालय शिक्षा पुरा गरेपछि छोराछोरी उच्च शिक्षा हासिल गर्नेछन् । २० वा २२ बर्षको उमेरमा स्नातक÷स्नातकोत्तर तह सिध्याएपछि करियर बनाउन सहज हुन्छ । अर्थात २२–२५ बर्षको उमेरमा आफ्ना छोराछोरीले पढाई सिध्याएर कुनै पेशा–व्यवसाय अपनाएको हेर्ने अभिलाषाले पनि अभिभावकलाई हौसाएको छ, सानै उमेरमा बच्चालाई विद्यालय भर्ना गराउने । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.