सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

लागूऔषध बिरुद्धकाे अभियानमा सक्रिय अभियन्तालाई सम्मान प्रदान

60
Sana Kishan

महेन्द्रनगर ,१२ भाद्र – आफ्नाे स्थापनाकालदेखि नै धूम्रपान, मद्यपान तथा लागूऔषध सेवन एवम् बेचबिखन बिरुद्धकाे अभियानमा क्रियासिल संस्था हेल्प नेपाल, कञ्चनपुर र समाजमा उज्यालो छर्नेहरुलाई सम्मान गर्दै आइरहेकाे संस्था मानसखण्ड फाउन्डेसनकाे सहकार्यमा भीमदत्त नगरपालिका वडा नं. १० ,तिलकेनी बसाेबास गर्ने नरेन्द्र राज जाेशीलाई सम्मान गर्ने कार्यक्रम भीनपा १० का वडा अध्यक्ष परमानन्द जाेशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न गरियाे। हेल्प नेपालका अध्यक्ष मदन चन्दकाे अध्यक्षता रहेकाे कार्यक्रममा मानसखण्ड फाउन्डेसनका अध्यक्ष रमेश पन्त मीतबन्धुले कार्यक्रममा उपस्थित महानुभावहरुमा स्वागत गर्दै समाजका लागि स्वतः स्फूर्त रूपमा लागिपर्ने व्यक्तिहरुलाई अझ उत्साहित पार्ने र युवापुस्तालाई प्रेरणा दिने उद्देश्य अनुरुप कार्यक्रम गरेकाे बताएका थिए।

Arus

कार्यक्रमकाे सञ्चालन गर्दै मानसखण्ड फाउन्डेसनका सचिव हेमबाबु लेखकले समाजसेवाका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर भावी पुस्तालाई सभ्य, शिष्ट र मर्यादित बनाउन सबैले आ- आफ्नाे ठाउँबाट लाग्नु पर्ने कुरामा जाेड दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि भिनपा वडा नम्बर १० का वडाध्यक्ष परमानन्द जाेशीले विगत लामाे समयदेखि आफु सुर्ती सेवन गर्दै आइरहेकाे र याे कार्यक्रममा प्रमुख अतिथि बन्ने थाहा पाएपछि नैतिकताले पनि साे बानी छाडेकाे र आइन्दा कहिल्यै सेवन नगर्ने बरू नियन्त्रण अभियानमा लाग्ने कुरा बताएका थिए। हामीले अाजैदेखि धूम्रपान , मद्यपान र लागूऔषध बिरूद्ध कार्यकाे थालनी गरेनाै भने केही बर्षपछि हाम्राे जस्ताे बैदेशिक सिमाना जाेडिएकाे वडामा दुर्व्यसनी मात्रै भेटिने अवस्था रहेकोले त्याे अवस्था सिर्जना नहाेस भन्नका लागि वडा सुधारमा लागिरहने कुरामा जाेडदिदै यस कार्यक्रमले थप जिम्मेवारी बाेध गराएकाे कुरा ब्यक्त गरेका थिए।

Nepali Khaja
Karnali Traders

कार्यक्रममा सम्मानित व्यक्ति नरेन्द्र राज जाेशी विगत आठ नाै बर्ष यता तिलकेनीमा खुद्रा तथा नास्ता पसल संचालन गर्दै आइरहेका तर धूम्रपान तथा मद्यपान बेचबिखन बिरूद्धकाे अभियानमा स्वत: स्फूर्त रुपमा सक्रिय व्यक्ति हुन्। सम्मान ग्रहण गर्दै जाेशीले सम्मानले मलाई थप जिम्मेवारी प्रदान भएकाे महशुस गरेकाेले आगामी दिनमा अझै सक्रियता साथ समाजसेवामा लाग्ने कुरा बताए। कार्यक्रमकाे समापन गर्दै हेल्प नेपालका अध्यक्ष मदन चन्दले धूम्रपान ,मद्यपान तथा लागूपदार्थ विरुद्ध विगत लामो समयदेखि कार्य गर्दै अाइरहेकाे र कार्य गरिरहने प्रतिबद्धता गर्दै विकासको मापन सडक,भवन तथा पुल पुलेसा निर्माणका आधारमा मात्रै गर्ने परिपाटी रहने गरेकाेले हामीले ती कुराहरुकाे उपभाेग गर्ने मान्छेहरु कस्तो बनाउने भन्ने कुरापट्टि पनि ध्यान दिनु आवश्यक देखिन्छ ।

तसर्थ सामाजिक प्रगति तथा सांस्कारिक प्रगतिलाई पनि विकासकाे मापदण्ड बनाउनु पर्ने कुरामा जाेड दिएका थिए। साथै वडा अध्यक्ष ज्युकाे सुर्ती सेवन त्याग गर्ने प्रतिबद्धताको प्रशंसा गर्दै वहाँ जस्तै राजनीतिमा समर्पित अन्य सेवनकर्ताहरूले पनि इमानदारीता साथ आफुले पनि त्याग्ने र अरुलाई पनि त्याग गर्न प्रेरणा दिएमा समाज सुधार गर्न थप उर्जा मिल्ने कुरा बताए। कार्यक्रममा हेल्प नेपालका उपाध्यक्ष प्रेमसिह ठगुन्ना , सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक राजेन्द्र पन्त , युवा बर्ष माविका शिक्षक भान सिह साउद, समाजसेवीहरू गाेकुलराज जाेशी, गाैरीदत्त जाेशी, हरिदत्त जाेशी, जगदीश बिष्ट , प्रकाश थापा दिलिप सिह धामी लगायतको उपस्थिति रहेकाे थियाे।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.