गरिबीले पढाइ छाड्नु पर्‍यो बाबु तैंले  ….

Sana Kishan
Total
8
Shares

गरिबीले पढाइ छाड्नु पर्‍यो बाबु तैंले

Arus

पेट पाल्न देह बाँड्नु पर्‍यो बाबु तैँले

ढुङ्गोसँग मन साट्नु पर्‍यो बाबु तैँले

तल काँडा, माथि काँडा बाटोभरी काँडैकाँडा

दुखे पनि काँडै चाट्नु पर्‍यो बाबु तैँले

कोही छैन तेरो आफ्नो आफ्नो नभइ केही हुन्न

नसकेनी जीवन काट्नु पर्‍यो बाबु तैँले

Indreni

रुख चढ्छु भन्थिस् कठै जरै काटी ढालिदिए

नचाहेरै सपना यी भाड्नु पर्‍यो बाबु तैँले

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट  

Total
8
Shares
सम्वन्धित समाचार
Total
8
Share