सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै

सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाउदैं छन् । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको सुर्नया गाउँपालिका ६ का हरिना अवस्थीले बताइन् । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । उनले भनिन् ‘आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ पख मिठोमसिनो खाने चलन रही आएको छ । बिरुडा र फलफूल सहित ब्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।’

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । उनले भने ‘गौरापर्व यो क्षेत्रको ठूलो पर्व हो । गौरादेवीको प्रसाद ग्रहणका लागि घरबाहिर रहेकाहरु समेत घरमा आउने गरेका छन् ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोली सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।

Dirghayu Ads

तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ । तर यो बर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयहरुले बताएका छन् ।

कोरोना भाईरसका कारण सामूहिक रुपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको दशरथचन्द नगरपालिका २ का गणेशबहादुर बोहराले बताए । गौराको समयमा सामूहिक रुपमा ठाडो खेल,ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेलिने भएपनि स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेको छ । भगीरथ अवस्थीले सगुन खबरमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.