

मुत्र प्रणालीमा विभिन्न कारणले संक्रमण हुन्छ। यस्तो समस्या तुलनात्मक रुपले महिलालाई बढी हुन्छ। ७७ प्रतिशत महिला पिसाब सम्बन्धी समस्याको सिकार हुन्छन्।
लापरवाही एवं लाजको कारण उनीहरु यो कुरा खुलस्त भन्दैनन्। खासगरी गुप्ताङ्गको सरसफाईमा ध्यान नदिनाले मुत्र नली संक्रमण हुन्छ।

मुत्रनली संक्रमणको लक्षण, मुत्र त्यागको समयमा जलन हुनु, पटक–पटक पिसाव आइरहनु, पिठ्युमा दुखाई महसुष हुनु । कहिले कहिं मुत्र त्यागको समयमा रगत आउनु, पिसाव दुर्घन्धित हुनु, यसरी अपनाउने सर्तकता, धेरैबेर पिसाव रोक्नु हुन्न ।

कामको धपेडीले गर्दा वा अल्छी लागेर पनि कतिपयले लामो समय पिसाव रोक्ने गर्छन्। यो एकदमै नराम्रो बानी हो। यदि पिसाव आइरहेको छ र तीन–चार मिनेटसम्म रोकेर बसिन्छ भने त्यसको टक्सिन तत्व मृगौलामा फर्केर जान्छ।
यसलाई रिटेन्शन अफ यूरिन भनिन्छ। धेरै पटक यो क्रिया दोहोरिएमा मृगौलामा पथरी जम्न थाल्छ। त्यसैले यस्तो समस्याबाट छुटकारा पाउनका लागि पिसावलाई दबाएर नराखौँ।
यौनसम्पर्क पछि मुत्र त्याग

यौन सम्पर्कपछि मुत्र त्याग गर्नु एकदमै आवश्यक हुन्छ। यसले गर्दा भित्रको व्याक्टेरिया वाहिर निस्कन्छ। संक्रमणको खतरा कम हुन्छ। खासगरी महिलाले यौन सम्पर्कपछि मुत्र त्याग गर्नैपर्छ।
ओसिलो राख्नु हुँदैन
योनीलाई ओसिलो बनाएर राख्नु हुँदैन। पिसाव फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ। साथै त्यसलाई सुख्खा राख्नुपर्छ, जसले गर्दा मृत्रमार्गमा व्याक्टेरिया फैलन पाउदैन।
मासिक श्रावमा सफाई
मासिक श्रावको बेला अरुबेलाभन्दा बढी योनीको सरसफाईमा ध्यान दिनुपर्छ। सेनिटरी प्याडलाई हरेक ६ घण्टामा बदल्नुपर्छ। नयाँ पुस्ता बाट सभार
