संवैधानिक निकायमा भएको नियुक्तिविरुद्धको सुनुवाइमा प्रधानन्यायाधीश सहभागी नहुने

Sana Kishan
Total
26
Shares

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध सर्वाेच्च अदातलमा परेको रिटको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी नहुनु हुने भएको छ ।

Arus

रिट निवेदक ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीले प्रधानन्यायाधीश नै सहभागी रहेको संवैधानिक परिषद्ले संवैधानिक निकायमा नियुक्त गरेको र सुनुवाइमा स्वार्थ बाझिन सक्ने भन्दै आपत्ति जनाएपछि राणा पहिलो र अन्तिम सुनुवाइमा सहभागी नहुनु हुने भएको हो । प्रधानन्यायाधीश राणा अनुपस्थित हुने भएपछि उहाँको ठाउँमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले मुद्दाको सुनुवाइ गर्नेछ ।

गएको वर्षको मङ्सिर ३० गते केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर विभिन्न सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबाहेक नै संवैधानिक निकायमा नियुक्ति गरेको थियो । तर संविधानसँग बाझिने गरी सरकारले अध्यादेश ल्याएर नियुक्ति गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले नियुक्ति खारेजीको माग गरेर सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।

यो रिट संवैधानिक इजलासमा सुनुवाइ गर्ने सर्वोच्च अदालतले निर्णय गरेको थियो । उज्यालो अनलाइन बाट सभार

Indreni

Total
26
Shares
सम्वन्धित समाचार
Total
26
Share