सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कुन रोगको औषधि कति बेला खाँदा प्रभावकारी हुन्छ ?

एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । त्यसो भए औषधि सेवन गर्ने सही समय कुन हो त ? रोग र औषधि अनुसार त्यसको तालिका फरक हुनसक्छ ।

उच्च रक्तचाप

जब हामी सुत्छौ, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर, सामान्यत उच्च रक्तचाप ५५ बर्षभन्दा बढी उमेर भएकाहरुमा घट्दैन । त्यही कारण सुतेको समय स्ट्रोक वा हृदयघातको खतरा बढ्छ । हालै स्पेनमा भएको एक अध्ययनबाट के थाहा भएको छ भने, जसले राती सुत्नुअघि उच्च रक्तचापको औषधि सेवन गर्छ, उनीहरुलाई हृदयघाट वा स्ट्रोक हुने खतरा ३३ प्रतिशत कम हुन्छ । शोधकर्ताका अनुसार रातको समयमा उच्च रक्तचाप कम गर्नाले हाम्रो आर्टरिजलाई आरम मिल्छ । त्यसैले प्रभावकारी त्यसबेला हुन्छ, जब उच्च रक्तचापको औषधि राती सुत्नुअघि सेवन गरिन्छ ।

World Link Ads
Mahakali Polytechnic

हाइ क्लेस्टोर

Dirghayu Ads

कलेजोमा कोलेस्टोरको उत्पादन दिनमा भन्दा रातमा बढी हुन्छ । त्यसैले राती सुत्नुअघि कोलेस्टोरको औषधि सेवन गर्दा बढी प्रभावकारी हुन्छ ।

मुटु पोल्ने

रातको १० बजेदेखि २ बजेसम्म हाम्रो पेटमा सबैभन्दा बढी एसिड उत्पादन हुन्छ । यदि एसिड कम गर्ने एचटु औषधि सेवन गरिरहेका छौ भने, खाना भन्दा ३० मिनेट अघि ग्रहण गर्नुपर्छ । यसले गर्दा राती बन्ने एसिड नियन्त्रणमा सहयोग पुग्छ ।

Sana Kishan

आस्टियो आर्थराइटिस

यस किसिमको रोगीलाई अलग अलग समयमा दुख्ने, सुन्निने लगायतको समस्या हुन्छ । फ्रेन्च सोधकर्ताले गरेको अध्ययन अनुसार, आस्टियो आर्थराइटिसमा लिइने औषधी दुख्नुभन्दा छ घण्टाअघि लिनुपर्छ । त्यसैले यदि मध्यन्हको समय धेरै दुख्छ भने बिहान औषधी सेवन गरौ । यदि रातको समय बढी पीडा हुन्छ भने मध्यन्हमा औषधी सेवन गर्नुपर्छ ।

एलर्जी

एलर्जीको लागि लिइने एन्टि हिस्टामाइन्स ट्याबलेट्स लिएपछि निन्द्रा लाग्छ । यस्तो अवस्थामा दिउँसुो औषधी सेवन गर्दा काम गर्न झर्को लाग्न सक्छ । त्यसैले एलर्जीको औषधि राती नै सेवन गर्नुपर्छ ।

डिप्रेसन

डिप्रेसन एवं चिन्ता हटाउने औषधि एन्टि डिप्रेसेन्ट सेवन गरेपनि निन्द्रान लाग्छ । यसकारण यो औषधि पनि राती सुत्नुअघि सेवन गर्नु राम्रो हो । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.