सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशका धेरै ठाउँमा ठूलो वर्षा, कुन प्रदेशमा कति वर्षा ?

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्र बाहेक देशका अन्य क्षेत्रमा लगातार झरी परिरहेको छ ।

वाग्मती, लुम्बिनी, गण्डकी, प्रदेश–१ र प्रदेश–२ का धेरै ठाउँमा अति ठूलो वर्षा भएको छ। अहिले पनि देशका धेरै ठाउँमा झरी परिरहेको छ । लगातारको झरीले देशका विभिन्न नदी तथा खोलामा बाढी आएको छ भने पहाडी क्षेत्रमा पहिरो जान थालेको छ ।

कुन प्रदेशमा कति वर्षा ?

World Link Ads
Mahakali Polytechnic

लुम्बिनी प्रदेश

Dirghayu Ads

गएको २४ घण्टामा लुम्बिनी प्रदेशको रुपन्देही, नवलपुर र भैरहवामा अति ठूलो वर्षा मापन भएको छ । नवलपुरमा सबैभन्दा धेरै ४ सय २३ मिलिमिटर वर्षा मापन भएको छ । नवलपुर आसपासका क्षेत्रमा पनि अति ठूलो वर्षा भएको छ । त्यस आसपासमा दुई सय ५ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै, रुपन्देहीमा एक सय ८६ मिलिमिटर, भैरहवामा २ सय ५८ मिलिमिटर र कपिलवस्तुको बाणगङ्गामा ३ सय ११ मिलिमिटर वर्षा भएको छ । बाणगङ्गा आसपासमा पनि बितेको २४ घण्टामा अति ठूलो वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । यस्तै बर्दियामा पनि १ सय ६ मिलिमिटर पानी परेको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पनि गएको २४ घण्टादेखि लगातार झरी परिरहेको छ । त्यहाँको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखालगायत जिल्लामा अति ठूलो वर्षा भएको छ । मौसविद्का अनुसार गोरखाको बारपाकमा सबैभन्दा धेरै वर्षा भएको छ ।

वाग्मती प्रदेश

Sana Kishan

वाग्मती प्रदेशको चितवन, चितवनको आसपास र सिन्धुलीमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार सिन्धुलीको कुसुन्टारमा २ सय ७८ मिलिमिटर पानी परेको छ ।

यस्तै, चितवनको माडीमा २ सय ६० मिलिमिटर वर्षा भएको छ भने काली खोलालगायत क्षेत्रमा ठूलो वर्षा भएको छ । वाग्मतीका अन्य प्रदेशमा भने सामान्यदेखि मध्यम खालको वर्षा भएको छ ।

प्रदेश–२

प्रदेश–२ को धेरैजसो क्षेत्रमा ठूलो वर्षा भएको छ । बाराको निजगढमा गएको एक घण्टामा नै ४८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै धनुषाको जनकपुर विमानस्थल आसपासका क्षेत्रमा पनि अति ठूलो वर्षा भएको छ ।

एक घण्टाको अवधिमा त्यहाँ पनि ४६, ४७ मिलिमिटर वर्षा मापन भएको छ । गएको २४ घण्टामा भने धनुषामा एक सय एक मिलिमिटर पानी परेको छ । यस्तै, पर्सा, सिरहा र सप्तरीमा पनि ठूलो वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेशको बाजुरामा ठूलो वर्षा भएको छ । त्यहाँ २६ दशमलव ६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । अन्य क्षेत्रमा भने मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पनि ठूलो वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिमका धेरैजसो ठाउँमा आज राति र भोलि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । भोलिदेखि देशका मध्य र पूर्वी क्षेत्रमा भने बिस्तारै पानी पर्न कम हुने छ । मौसमविद्का अनुसार आज पनि लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश–१ र प्रदेश–२ का धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.