सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गार्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स गर्नका लागि सही समयमा र सही मात्रामा सुत्नु पनि अति नै आवश्यक छ ।

यदि हामीले सही निद्रा लिएनौं भने स्वास्थका साथ–साथै छालासंग सम्बन्धित विभिन्न समस्याहरुको सामना गर्नु पर्ने हुन्छ । जसका कारण छाला र केशमा पनि गहिरो प्रभाव पर्छ । छाला सुस्त हुन्छ भने केश रुख्खा हुन थाल्छ । त्यति मात्र नभएर व्यक्तिले तनावको अनुभव गर्छ । त्यस्तो अवस्थामा शारीरिक र मानसिक रुपमा खुशी पाउन र रमाउनका लागि पर्याप्त निद्रा लिनु अति नै आवश्यक छ ।

ब्यूटी स्लिप आवश्यक छ

World Link Ads
Mahakali Polytechnic

भनिन्छ, पर्याप्त निद्राले अनुहारमा चमक उत्पन्न हुन्छ । डार्क सर्कलको समस्या पनि कम हुन्छ । तर त्यसको सम्बन्ध बढि खाने र वजन बढाउनेसंग पनि रहेको छ । एउटा सर्वेक्षणका अनुसार जुन व्यक्ति दिनहु“ ७ देखि ८ घण्टा सही निद्रा लिन्छ, उ अरु मानिसको तुलनामा धेरै आकर्षक र उर्जाले भरिपूर्ण हुन्छ ।

Dirghayu Ads

छालामा असर पर्छ

निद्रा र हाम्रो छालाबीच गहिरो सम्बन्ध हुन्छ । हामी जति सुत्छौं, त्यस्को असर हाम्रो छालामा पर्छ । यदि पर्याप्त निद्रा निदायौं भने ताजा र शक्तिबाट भरिपूर्ण भएको महसुस गर्छौं । पर्याप्त मात्रामा सुत्नु भएन भने तपाईंले सुस्त र आलस्य भएको महसुस गर्नु हुन्छ । विशेषज्ञहरुका अनुसार जुन मानिसहरु दिनहु“ ७ देखि ८ घण्टासम्म सुत्छन्, उनीहरुको छाला चम्किलो हुन्छ र उनीहरु अरुको तुलनामा ३० प्रतिशत बढि आनन्दको महसुस गर्छन् । यसको साथै उनीहरु बढि समयसम्म जवान देखिरहन्छन् ।

कसरी पर्याप्त निदाउने ?

राम्रोसंग सुत्न नसक्नुको विभिन्न कारणहरु हुन सक्छन् । जस्तो तपाईंको बेडरुमको डसना, सुत्ने समय निर्धारण नहुनु, चिन्ता, तनाव, प्रकाश र आवाज । यसबाहेक कसैसंग बेडरुम शेयर गर्नमा पनि विभिन्न समस्याहरुको सामना गर्नु पर्छ । त्यस्तो अवस्थामा तपाईंले यी सबै कुराहरुमा ध्यान दिनु आवश्यक छ । सबै कुरालाई आफु अनुसार सेट गरेर पर्याप्त निद्राको फाइदा उठाउनु पर्छ ।

पर्याप्त निद्राका लागि परिर्वतन ल्याउनु पर्छ

Sana Kishan

सुत्ने र उठ्ने समय निर्धारण गर्नु पर्छ

सुत्ने समय निर्धारण गर्नु पर्छ । पर्याप्त र एउटै समयमा सुत्ने र उठ्ने गर्दा शरीरमा राम्रो हार्मोनहरु बन्न सहयोग पुग्छ । त्यसका साथै शरीरले रिल्याक्स र ताजा भएको महसुस गर्छ ।

सही बेडटाइम रुटीन

सुत्नु अगाडि आफुलाई रिल्याक्स बनाउनु पर्छ । त्यसका लागि तपाईंले तातो पानीले नुहाउन सक्नु हुन्छ । यसबाहेक सुत्नु अगाडि स्लीप टी पीएर सुत्न सक्नु हुन्छ ।

सुत्नु अगाडि स्क्रिन हेर्नु हुँदैन

यदि तपाईंको राती सुत्ने बेलामा ओछ्यानमा पनि आफ्नो फोन प्रयोग गर्ने बानी छ भने त्यसलाई आजदेखि नै छोडिदिनु होस् । त्यसका साथै सुत्नु अगाडि टेलिभिजन हेर्न पनि बन्द गर्नु पर्छ । त्यस्तो अवस्थामा घण्टौं स्क्रीन हेर्नाले निद्रा नलाग्ने समस्याको सामना गर्नु पर्छ ।

व्यायाम गर्नु पर्छ

व्यायाम र योगा गर्नाले शरीरको लागि राम्रो हुन्छ । त्यसले तपाईं दिनभरी ताजा महसुस गर्नु हुन्छ । त्यसको साथै राती राम्रो निद्रा आउन सहयोग गर्छ। त्यसैले व्यायाम अथवा योगा गर्नाले फिट र फाइन रहनुको साथै दिमाग पनि शान्त र रिल्याक्स हुन्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.