सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वास्तु अनुसार घर बनाउनुअघि ख्याल गर्नुपर्ने कुराहरु !!

घर निर्माण गर्दा वास्तु हेराउने गरिन्छ । यो एक प्राचिन विज्ञान हो । घर कसरी बनाउने ? कोठाहरु कसरी विभाजित गर्ने ? शयन कक्ष कुन दिशामा उपयुक्त हुन्छ ? झ्यालढोका कसरी राख्नुपर्छ ? यावत् विषयमा जानकारी लिन वास्तु विज्ञान जान्नुपर्छ ।

वास्तुले घर निर्माणका लागि त्यसरी नै निर्देश गर्छ, जसरी आधुनिक विज्ञानले । अर्थात घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार–प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ ।

घर बनाउनुअघि माटो हेर्ने गरिन्छ । माटो हेर्नुको अर्थ त्यसको धरातल कति बलियो छ भन्ने हो । साथै कुन दिशामा फर्किएको घर राम्रो भन्ने वास्तु विज्ञानमा स्पष्ट हुन्छ । यसले आफुले निर्माण गर्ने घर आसपासमा वहकिने हावा, घामको प्रकाश आदिलाई मध्यनजर गरेको हुन्छ । त्यसैले वास्तु विज्ञानलाई उपेक्षा गर्ने होइन, बुझ्ने प्रयास गर्नुपर्छ ।

World Link Ads
Mahakali Polytechnic

घर, पसल, वा प्लट खरिद गर्नुअघि त्यसको बनावट, वातावरण, धरातल, मुलभूत ढाँचाको समीक्षा गर्नुपर्छ । भूमीको चयन गर्नु त्यती सजिलो छैन, जति हामी ठान्ने गर्छौं । अतः घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ ।

१. घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ । साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ ।

२. वास्तु अनुसार शयनकक्ष अर्थात बेडरुम यस्तो हुनुपर्छ कि, सुतेको समय खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा होस् । सुतेको समयमा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।

३. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनुपर्छ ।

४. वास्तु अनुसार किचन घरको अग्नेय कोणमा हुनुपर्छ । खाना खाएको समयमा हाम्रो मुख पूर्व वा उत्तर दिशामा हुनुपर्छ । यसले सकारात्मक उर्जा संचार हुन्छ ।

५. घर बनाउने स्थानमा दुर्गन्धित ढल, वर्कसप आदि भएको राम्रो मानिदैन ।

Sana Kishan

६. ढलान भएको वा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।

७. हावा, पानी, प्रकाश, चौडा गल्ली भएको स्थान बसोबासका लागि उपयुक्त मानिन्छ ।

८. त्रिभूज आकारको जग्गा कहिले पनि खरिद गर्नु हुँदैन । एकतिर ठूलो चौडा र अर्कोतिर एकदमै कम चौडा भएको जग्गा पनि शुभ मानिदैन ।

९. भान्सा, बगैंचा अदि मूख्य द्वारको सामुन्ने बनाउनु हुँदैन ।

१०. मूख्य ढोकाको सामुन्नेमा पर्खाल हुनु हुँदैन ।

११. सार्वजनिक ट्यांकीको छायाँमा घर बनाइयो भने, त्यहाँ बसोबास गर्न योग्य मानिदैन ।

१२. दुई ठूलो घरको बिचमा एक सानो घर भए, त्यस्तो सानो घरमा बस्नु उपयुक्त हुँदैन ।

१३. कुनै गल्ली वा आवास स्थलको अन्तिममा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन । सडक किनारमा बनेको घर पनि शुभ मानिदैन । अनलाइनखबर बााट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.