सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुनियाँभरी महामारी …

दुनियाँभरी महामारी, कोरोनाको कहर छ

अनौठो यो भाइरस, ज्यानैमार्ने जहर छ

घरभित्रै थुनिदियो, मै हुँ भन्ने शासकलाइ नि

World Link Ads
Mahakali Polytechnic

लाखौँ  जीवन चुँडिलग्यो, अझै वैरी नजर छ

सुनसान छ वनपाखा, सन्नाटा छ गाउँभरी

कस्तो डर पलाएको, मृत शान्त शहर छ

Sana Kishan

छैन भन्छन उपचार, विज्ञान पनि फेल भयो

सबैतिर लकडाउन भो, कस्तो वैरी निडर छ

उत्पत्तिको सुइको मात्रै, पाउनु पर्छ दुष्ट वैरी

च्याप्प समाइ कोरोनाको, घाँटी थिच्ने रहर छ

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.