सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तले शिक्षक दरबन्दी मिलानका सबै निर्णय सार्वजनिक, नगरपालिकाको वेवसाइडमा राखियो

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान सम्बन्धी गरिएका सबै निर्णय आफ्नो बेवसाइडबाट सार्वजनिक गरेको छ । नगरपालिकाले नगर शिक्षा समिति र नगर कार्यपालिकाबाट गरिएका निर्णय सार्वजनिक गरेको हो ।

भीमदत्त नगरपालिकाले गत महिना प्राथमिक, निमावि र माध्यमिक विद्यालयमा दरबन्दी मिलान गरेको थियो । नेपाली काँग्रेस सम्बद्ध शिक्षक संघले दरबन्दी मिलान प्रक्रिया मिचेर गरिएको आरोप लगाउँदै नगरपालिकामा धर्नामा बसेको थियो ।

शिक्षक संघले दरबन्दी मिलान सम्बन्धी सबै सूचना माग गरी नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको थियो । शिक्षा शाखा तालाबन्दीका कारण शिक्षक दरबन्दी मिलानका निर्णय सार्वजनिक गर्न ढिलाई भएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

शिक्षा शाखा रहेको पूरानो भवन भत्काएपछि संघको तालाबन्दी खोलिएर कार्यालयले निर्णय सार्वजनिक गर्ने तयारी गरेको थियो । नगरपालिकाले दरबन्दी मिलानसंग सम्बन्धित सबै निर्णयहरु समावेश गरी बेवासाइडमा राखेको छ ।

Dirghayu Ads

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल बहादुर चन्दले नगर वासी सबैको जानकारी लागि शिक्षक दरबन्दी मिलान सम्बन्धी सबै निर्णय सार्वजनिक गरिएको बताए ।

शिक्षक संघले शुक्रबार काँग्रेस कार्यकर्ता लगेर नगरपालिका कार्यालयमा तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमण गराएका थिए । संघले नगरपालिकाले शिक्षक दरबन्दी मिलानका सूचना नदिएको आरोप नगरपालिकामाथि लगाउँदै आएका थियो ।

https://bheemdattamun.gov.np/en

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.