सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यसरी बद्लिदैछ माया–पिरतीको कुरा

प्रेम, डेटिङ, रोमान्सको कुुरालाई हामी उस्तो महत्व दिदैनौं । तर, वैंशको मात चढ्दै जाँदा हामी सबैजसो यही चरणबाट गुज्रिन्छौं । प्रेम गर्नु, डेटिङ जानु जीवनका अनिवार्य हिस्सा होइनन् । यी कुराहरुलाई अलग राखेर पनि हाम्रो जीवन चल्छ ।

यद्यपि, वैंशालु उमेरमा हामीलाई विपरितलिंगी साथीसँग सम्बन्ध बढाउन मन लाग्छ । उनीहरुसँग नजिकिन मन लाग्छ । प्रेमिल कुरा गर्न मन लाग्छ । एकअर्काको भावना बुझ्न मन लाग्छ । अन्तरंग पल साट्न मन लाग्छ ।

किशोर चरणमा प्रवेश गरेसँगै उनीहरुमा प्रेम भावना अंकुराउन थाल्छ । त्यसपछि विपरितलिंगी साथीहरुसँग घनिष्ठता बढाउन लालयित हुन्छन् । तर, आफुले कसैसँग प्रेम गर्न चाहेको कुरा कसरी व्यक्त गर्ने ?

World Link Ads
Mahakali Polytechnic

भुक्तभोगीहरु भन्छन्, प्रेम एक अव्यक्त कुरा हो । यो आफै हुन्छ । जब दुई व्यक्तिले एकअर्कालाई मन पराउन थाल्छन् । उनीहरुले दुबैले कुनै न कुनै संकेतबाट यो कुरा व्यक्त गर्छन् । खासगरी उनीहरुले एकअर्काको बारेमा बढी चासो राख्छन्, ख्याल राख्छन् । कुनै न कुनै बहानाले नजिक हुन खोज्छन् । कुरा गर्न खोज्छन् । यसरी थाहै नपाई उनीहरु भावनात्मक रुपले एकाकार हुन्छन् ।

Dirghayu Ads

समय अनुसार प्रेम गर्ने प्रवृत्ति एवं शैली फेरिदै जान्छ । विगतमा प्रेमपत्र मार्फत उनीहरु एकअर्काको भावना साझेदार गर्थे । मनको कुरा खुलेर गर्न वा उन्मुक्त एकअर्काको साथ बिताउन कुनै एकान्त ठाउँको खोजी गर्थे । घर–समाजको आँखा छलेर अर्कै दुनियामा मग्न रमाउथे ।

आफुले कुन हदसम्म माया गरिरहेको छु भनेर दर्शाउन रगतको मसीमा पत्र लेख्नेसम्मको पागलपन देखाउथे प्रेम जोडीहरु । लैला–मजनु, मुना मदन जस्तो आदर्श प्रेमको पक्षधर हुन्थे उनीहरु । त्यसैले उनीहरु प्रेम–भावनामा यसरी डुबेका हुन्थे, त्यहाँबाट बाहिर निस्कन निकै गाह्रो हुन्थ्यो ।

तर, अहिले जमाना फेरिएको छ । प्रेमको स्वरुप पनि ।

अहिले भर्चुअल प्रेमको जमाना छ । फेसबुक जस्ता माध्यामहरुले यसलाई थप सघाएको छ । अहिलेका पुस्ता फेसबुक जस्ता सामाजिक सञ्जालमा भेटिने साथीसँग प्रेम भावना साट्छन् । त्यही माध्यामबाट उनीहरुले आफ्नो प्रेम व्यक्त गर्छन् । कुरा गर्छन् । रमाउँछन् ।

अहिलेका फास्टफुड पुस्ताको प्रेम त्यती परिपक्क भने छैन । उनीहरु क्षणमै प्रेम गर्छन् र क्षणमै ब्रेकअप । प्रेम र धोकाको चक्रमा उनीहरुको वैंशालु उमेर घुमिरहेको छ ।

Sana Kishan

भौतिक÷शारीरिक रुपमा कहिल्यै नभेटिएका, कहिल्यै नदेखिएका, कहिल्यै नचिनिएका व्यक्तिसँग चिनजान हुन्छ । मनका कुरा साटासाट हुन्छ । प्रेम प्रस्ताव राखिन्छ । यसरी उनीहरुको प्रेम सुरु हुन्छ ।

त्यसपछि फेसबुक जस्ता माध्यामबाटै उनीहरु घण्टौं गफ गर्न थाल्छन् । क्रसम उनीहरु एकअर्कासँग खुल्न थाल्छन् । यो क्रम कहाँसम्म पुग्छ भने, उनीहरुले एकअर्कासँग निजी फोटो साट्नेदेखि नितान्त व्यक्तिगत कुराहरु पनि आदनप्रदान गर्छन् ।

यसरी भर्चुअल माध्यामबाट जोडिएका कति प्रेमी–प्रेमिकाले दाम्पत्य सम्बन्ध पनि जोडेका छन् । तर, यी अपवाद हुन् ।

किशोर पुस्ताले नयाँ अनुभव संगाल्न, समय कटाउन, हल्का मनोरञ्जन लिन भर्चुअल माध्याममा प्रेमी–प्रेमिका खोजिरहेका छन् । उनीहरु सामाजिक सञ्जालमा देखभेट हुनसाथ प्रेम प्रस्ताव राख्न हतारिन्छन् । दुबैले एक अर्कालाई रुचाएमा प्रेमका कुराहरु गर्न थाल्छन् । भावना र कल्पनाका कुराहरु गर्न थाल्छन् । यस किसिमको प्रेम–सम्बन्धले उनीहरुलाई कहिले काहीँ जोखिममा पनि पार्न सक्छ ।

सामाजिक सञ्जालमा भेटिने पात्रहरु सबै वास्तविक र आफ्नो सही नामबाट आएका हुँदैनन् । उनीहरु विभिन्न दाउपेचले पनि प्रेमी वा प्रेमिका बनेर देखापर्छन् । अर्काको नितान्त व्यक्तिगत कुरा, व्यक्तिगत फोटो÷भिडियो माग्छन् । र, त्यसपछि भावनात्मक मोलमोलाई गर्न थाल्छन् । खासमा निहित स्वार्थका लागि उनीहरुले यसरी प्रेमको नाटक रच्ने गर्छन् । यसरी पनि धेरै किशोर–किशोरी फन्दामा परेका छन् ।

सामाजिक सञ्जालमा कतिपय आफ्नो सक्कली परिचय लुकाएर आउने गर्छन् । नक्कली फोटोहरु साझेदार गर्छन् । उनीहरुलाई पत्याएर किशोर÷किशोरीहरु प्रेममा पर्छन् ।

भर्चुअल माध्यामबाटै भेटिने कति प्रेमी–प्रेमिकाले डेटिङको प्रस्ताव राख्ने गर्छन् । जब उनीहरु डेटिङको ठाउँ तय गरेर त्यहाँ पुग्छन्, समाजिक सञ्जालमा देखिएका मान्छे भन्दा फरक पाउन सक्छन् । यसरी झुक्याउने, छल्ने काम पनि अहिले प्रशस्तै हुने गरेका छन् ।

त्यसैले भर्चुअल माध्यामबाट प्रेम गर्दा धेरै कुरामा ख्याल गर्नु जरुरी छ । खासगरी आफ्नो नितान्त व्यक्तिगत कुरा, परिवारको कुरा, तस्विर आदि साझेदार गर्न हतारिन हुँदैन । भौतिक रुपमा कहिल्यै नभेटेको, नदेखेको मान्छेलाई पूर्ण विश्वास गर्नु पनि उचित हुँदैन। अनलाइनखबर बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.