एक महिनासम्म सरकारले काम गरेन, बधाई साटासाट गरेर बसेको छ : केपी शर्मा ओली

sf7df8fF}, @& j}zfv M k|d cf]nLaf6 k|ltlglw;ef a}7s ;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ ;+3Lo ;+;b ejg gofFafg]Zj/df a;]sf] k|ltlglw;efsf] a}7snfO{ ;Daf]wg ub}{ . tl:a/M /Tg >]i7÷/f;;

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असामान्य तरिकाले सरकार परिवर्तन भएको बताउनुभएको छ ।

प्रतिनिधि सभामा आज मङ्गलवार सम्बोधन गर्दै ओलीले संसारमा कतै पनि अदालतले प्रधानमन्त्री नियुक्त नगरेको दाबी गर्दै नेपालमा अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्नु अनौठो भएको बताउनुभयो ।

सरकारले एक महिनासम्म केही काम नगरेको र बधाई साटासाट गरेर मात्रै बसेको ओलीको आरोप छ । उहाँले सरकारले सुरुमै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम गरेको र सरकारको आउँदो यात्रा पनि प्रष्ट नै भइसकेकोे आरोप लगाउनुभयो ।

तत्कालीन माओवादीसँग राम्रो उद्देश्यले पार्टी एकीकरण गरे पनि पूर्वमाओवादी र आफ्नै दलका नेताहरूले पदका लागि पार्टी फुटाउनेदेखि सरकार ढाल्नेसम्मका काम गरेको ओलीको जिकिर छ ।

आफू जस्केलाबाट प्रधानमन्त्री यसअघि पनि नभएको र अब फेरि पनि मूलबाटो बाटै प्रधानमन्त्री बन्ने ओलीले बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Total
13
Shares
Related Posts

असोज १४ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन…
पुरा पढ्नुहोस

सरकार देशलाई नै कालोसूचीमा पार्ने बाटोमा गइरहेको छ : सांसद अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ…
पुरा पढ्नुहोस

एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो : बाबुराम भट्टराई

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका…
पुरा पढ्नुहोस
Total
13
Share