सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनसुनी रेखा नेपालनजिक आउँदै, वर्षा पुनः बढ्ने सम्भावना (यी ठाउँमा भारी बर्षा हुने)

नेपालमा वर्षा पुनः बढ्ने सम्भावना देखिएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउँदै गरेकाले वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो।

यस विषयमा महाशाखाले मनसुन बुलेटिन–७ जारी गरेको छ । जसमा भनिएको छः ‘सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’
जस अनुसार बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षा तथा शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षाको सम्भावना छ ।

Sana Kishan

साथै महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीलाई निरन्तर अनुगमन गरिरहेकाले मौसमबारे नियमित जानकारी राख्न पनि आम नागरिकलाई अनुरोध गरिएको छ ।
आज दिउँसोः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी भोली बुधबार दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

World Link Ads
Mahakali Polytechnic

यसैगरी विहिबार दिउँसोः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.