कस्तो मनोवृत्तिले पारिवारिक कलह बढ्छ ?

प्रेम, सद्भाव, विश्वास, सहयोग र श्रद्धाको भावनाले पारिवारिक जीवन स्वर्ग हुन्छ । यस्तो परिवारमा सबै सदस्यहरु आपसमा मिलेर बस्छन् । एकअर्काप्रति श्रद्धा र प्रेम राख्छन् । विश्वास र भरोसाले उनीहरु एकढिक्का हुन्छन् । पारिवारिक मेलमिलापले उनीहरुको घरमा सुख र धन–ऐश्वर्य प्राप्त भइरहन्छ ।

तर, कतिपयको पारिवारिक सम्बन्ध एकदमै खराब हुन्छ । एकअर्कामा शंका, अविश्वास, घृणा, असहयोग, अनादरले उनीहरुमा कलह र मनमुटाब पैदा गरिरहन्छ । यस्तो परिवारमा बारम्बार झगडा हुन्छ । एकअर्कामा दोषारोपण भइरहन्छ । एकअर्काबाट शसंकित हुन्छन् । उनीहरु एकअर्कालाई सहयोग गर्दैनन् । यस्तो परिवारमा दुःख, अभाव, कलह मात्र भइरहन्छ ।

किन परिवारमा यस किसिमको कलहको स्थिती पैदा हुन्छ ? के कारणले उनीहरु आपसमा मिल्दैनन् ?

पारिवारिक मूल्य नबुझ्दा यस किसिमको कलह हुन्छ । यस्तो परिवारमा एकअर्कासँग अपेक्षा त राख्छन्, तर सहयोग र प्रेमको भावना राख्दैनन् । परिवारका सदस्यहरु आफुलाई केन्द्रमा राखेर मात्र सबै निर्णय गर्छन् । एकअर्काको सल्लाह, सुझाव लिदैनन् । आफुखुसी एवं मनोमानी गर्छन् । उनीहरुलाई पारिवारिक मर्यादाको कुनै ख्याल हुँदैन ।

अपेक्षा राख्ने

परिवारका सदस्यहरुले एकअर्कासँग बढी अपेक्षा राख्छन् । आफ्नो कर्तव्य र जिम्मेवारी भने बोध गर्दैनन् । अरुबाट के पाइन्छ भनेर मात्र सोचिरहन्छन् । यसले उनीहरुलाई दुःखी बनाउँछ ।

कमजोरी मात्र खोज्ने

मान्छेमा गल्ती, कमजोरी हुन्छ । साथसाथै उनीहरुमा आ–आफ्नै क्षमता र गुण पनि हुन्छ । तर, कतिपयले भने अरुको गल्ती कमजोरी मात्र खोजिरहन्छन् । अरुले के गल्ती ग¥यो, के कमजोरी ग¥यो चियोचर्चा गरिन्छ । उनीहरु अर्काको गल्तीलाई मात्र खोतल्छन् र त्यही निहुँमा झगडा गरिरहन्छन् ।

आफुले मात्र जित्ने प्रयास

हरेक कुरामा आफुलाई मात्र लाभ भएको, आफुले मात्र जितेको रुचाउँने प्रवृत्ति हुन्छ । आफु हार्न नचाहने वा कुनैपनि कुरामा सम्झौता गर्न नचाहने हुन्छन् । कहिले काहीँ आफुले पनि झुक्नुपर्छ, कति कुरामा आफुले पनि सम्झौता गर्नुपर्छ भनेर मनन गर्दैनन् । आफ्नो कुरा मात्र सर्वोपरी हो भन्ने ठान्छन् । यस्तो परिवारमा कलह भइरहन्छ ।

संवाद नगर्ने

परिवारका सदस्यहरु एकअर्कासँग खुलेर कुरा गर्दैनन् । हरेक कुराको निर्णय आफुखुसी गर्छन् । कसैले कसैको मर्यादा राख्दैनन् । पारिवारिक समस्या समाधानका लागि सबैले एकजुट भएर पहल गर्दैनन् । यसले पनि उनीहरुको परिवारमा फाटो ल्याइरहन्छ । अनलाइनखबर बाट सभार

Total
1
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस
Total
1
Share