सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारले सोधेको स्पष्टीकरण राजनीतिक, जवाफ दिन्नँ : गुरु भट्टराई

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले सरकारलाई स्पष्टीकरण नदिने भएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराईले सरकारले राजनीतिक विषयमा स्पष्टीकरण सोधेकाले त्यसको समाधान राजनीतिक रुपमै खोजिने बताएका छन् ।

भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै गत १९ साउनको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरणमा सरकाले गर्नुपर्ने काम इमान्दारिताका साथ नगरी नकारात्मक टिप्पणी गरेको आरोप लगाइएको छ ।

सुम्पिएको काम इमान्दारितापूर्वक गर्नुपर्नेमा विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रुपमा नेपाल सरकार र यसका पदाधिकारीहरूको आलोचना गर्ने, सम्मानित अदालतका कामकारबाही र आदेश वा फैसलाहरूको सम्बन्धमा अमर्यादित टिकाटिप्पणी गर्ने, राजनीतिक दल र त्यसका पदाधिकारीहरूलाई असोभनिय र गालीगलौजको शैलीमा टिप्पणी गर्ने काम गरेको भन्दै सरकारले स्पष्टीकरण मागेको हो ।

World Link Ads
Mahakali Polytechnic

मनोनयन सम्बन्धी मापदण्ड, २०७७ को दफा ९ को खण्ड ‘घ’ बमोजिम खराब आचरण वा इमानदारितापूर्वक पदीय जिम्मेवारी अनुरुप काम नगरेको आरोपमा सरकारले भट्टराईलाई जवाफ पेश गर्न भनेको छ ।

Sana Kishan

उनले सरकारले आफ्नो कार्य सम्पादनमाथि नभएर सामाजिक सञ्जालमा सरकारविरुद्ध लेखेको विषय उठाएर स्पष्टीकरण सोधेको भन्दै भट्टराईले आफ्नो नेतृत्वमा कम्पनीले रेल सञ्चालनको वातावरण तयार गरेको भन्दै आफूलाई हटाएमा रेल चल्ने कुरा अनिश्चित बन्ने दावी गरे । उनले आफूले राजीनामा दिने नदिनेबारे मंगलबारसम्म निर्णय लिने पनि बताए ।

‘शून्यबाट रेल चल्ने स्थितिसम्म ल्याएका छौं, रेल चलाउन सबै तयारी सकिएपछि सोधिएको स्पष्टीकरणले कम्पनी अन्योलमा पर्छ,’ उनले भने ।

उनले कार्य क्षमता वा कार्य सम्पादनको विषयमा केही उल्लेख नगरी सामाजिक सञ्जालमा सरकारको विरोध गरेको दलका नेताहरुको आलोचना गरेको अदालतको फैसलामा टिकाटिप्पणी गरेकाले स्पष्टीकरणसोधिएको बताएका छन् ।

‘कानुनी प्रक्रिया नपु¥याई अस्पष्ट, कपोकल्पित र आधारहिन आरोपहरु लगाई स्पष्टीकरण सोधिनुबाट रेल सेवा सञ्चालनमा प्रत्यक्षरुपमा बाधा, अवरोध हुन जाने देखिन्छ । साथै राजनीतिक विषयमा स्पष्टीकरण सोधिएकोले सोको जवाफ दिईरहनु नपर्ने र राजनीतिक रुपमै समाधान खोजिने व्यहोरा समेत जानकारीको लागि अनुरोध गर्न चाहान्छु ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.