सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रक्रिया छोट्याएर समयमै महाधिवेशन गर्नुपर्ने रामचन्द्र पौडेल समूहको निष्कर्ष

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भदौ १६–१९ सम्म तोकिएको महाधिवेशन नहुने चर्चाकाबीच पौडेल समूहले प्रक्रिया टुंग्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निर्णय गरेको हो ।

महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय केन्द्रीय समिति बैठकले तोकिएको समयमै नियमित महाधिवेशन हुनुपर्ने निर्णय गरेको नेता गुरु घिमिरेले बताए । तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ भन्ने आजको बैठकको निर्णय हो,’ उनले अनलाइनखबरसँग भने, ‘प्रक्रिया छोट्याएर भएपनि महाधिवेशन हुनुपर्छ ।’

पौडेल समूहले क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । पौडेल समूहले केन्द्रीय समिति बैठक अघि नै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

वरिष्ठ नेता पौडेलले बाँकी समयमै महाअधिवेशन गरेर पार्टी वैधानिकता जोगाउनेबारे छलफल भएको बताए । ‘महाधिवेशनका लागि एक महिनाको समय मात्रै बाँकी छ । यो समयमा कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेबारे छलफल गरेका हौं,’ उनले भने, ‘एक–दुई दिनमा जति क्रियाशील सदस्यता विवाद टुंग्याउन सकिन्छ त्यसलाई टुंग्याउने र बाँकीको हकमा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने हाम्रो धारणा छ ।’

उनले संविधानले पाँच वर्ष ६ महिनाभन्दा बढि समय नदिएको दावी गर्दै तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा आफूहरुको जोड रहेको बताए । पार्टी वैधानिकता जोगाउन वरिष्ठ नेता पौडेलले विशेष महाधिवेशनको प्रस्ताव अगाडि सारेका थिए । तर उनी पक्षीय नेताहरुले भने विशेष महाधिवेशन नभई नियमित महाधिवेशनमै जोड दिएका हुन् ।

पौडेल पक्षीय जिल्ला सभापति बैठकमा भने विशेष महाधिवेशनमा जोड दिइएको छ । जिल्ला सभापति बैठक सोमबारदेखि काठमाडौंमा शुरु भएको छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.