सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लामा १० हजार ३५० जनाले लगाए भेरोसेल खोप

दार्चुला – जिल्लामा १० हजार ३५० जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार साउन १६ देखि १८ गतेसम्म सञ्चालन भएको खोप अभियानमा उनीहरुले खोप लगाएका हुन्। १० हजार डोज भेरोसेल खोप प्राप्त भएकोमा १० हजार ३५० जनाले उक्त खोप लगाएका हुन्।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढि २ हजार १ सय ४० जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। यस्तै शैल्यशिखर नगरपालिकामा १हजार ९ सय ८६ जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र राज भट्टले जानकारी दिनु भएको छ ।

खोप सुपरभाइजर भट्टका अनुसार जिल्लाको व्यासँ गाउँपालिकामा ५७६ जना दुहुँ गाउँपालिकामा ६१० जना नौगाड गाउँपालिकामा १हजार ३० जना अपि हिमाल गाउँपालिकामा ८६३ जना मार्मा गाउँपालिकामा ७४१ जना मालिकार्जुन गाउँपालिकामा ९०३ जना तथा लेकम गाउँपालिकामा १हजार ५सय १ जनागरी १० हजार ३सय ५० जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएको खोप सुपरभाइजर भट्टले बताउनु भएको छ ।

World Link Ads
Mahakali Polytechnic

यो खोप जिल्लामा जिल्लामा ५० देखि ५४ वर्ष उमेर समुहका सबै तथा व्यासँ गाउँपालिकाको हकमा ३५ वर्षदेखि ३९ वर्ष उमेर समुहका व्यतिmलाई भेरोसेल खोप दिइएको थियो । भेरो सेल खोप विशेष गरि विद्यालयका प्रधानाध्यापक शिक्षक कर्मचारी बालबिकास केन्द्रकाका शिक्षक तथा कर्मचारीहरु र सार्वजनिक यतायातमा कार्यरत चलक सहचालकहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

Sana Kishan

दार्चुलामा ९२ खोप केन्द्रमार्फत अभियान सञ्चालन भएको थियो। यस्तै साउन २० गते देखि २२ गते सम्म जिल्लामा जोन्सन एण्ड जोन्सन खोप पनि संञ्चालन भएको थियो ।यसमा जिल्लाका झण्डै ४ हजार ९सय ३९ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको व्यासँ गाउँपालिकामा १८५ जना दुहुँ गाउँपालिकामा ४२६ जना महाकाली नगरपालिकामा १हजार ८० जना नौगाड गाउँपालिकामा ६२५ जना अपि हिमाल गाउँपालिकामा १७५ जना मार्मा गाउँपालिकामा ४९२ जना शैल्यशिखर नगरपालिकामा ८६५ जना मालिकार्जुन गाउँपालिकामा ५५० जना तथा लेकम गाउँपालिकामा ५०१ जनागरी ४ हजार ९सय ३९ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन ।

यो खोपमा ४५ वर्ष देखि ४९ वर्ष उमेर समुहका कोभिड १९ विरुद्धको खोप लगाउन बाकी पुर्ण अशतm अपांगता वर्ग क र ख भएका नागरीकहरु लगायत यस अघि लगाउन छुट भएका स्वास्थ्यकर्मी,सरसफाईकर्मीहरु ,सुरक्षाकर्मी तथा संञ्चारकर्मीहरुलाई लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप एक पटक लगाए पुग्ने खोप भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.