सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किन विग्रदैछ हाम्रो मनोदसा ?

44
Sana Kishan

कुनै बिना कारण हामीलाई झर्को लाग्न सक्छ । वेचैन महसुष हुन्छ । कुनै कुरामा ध्यान एकाग्र हुँदैन । कहिले भोक लाग्दैन, कहिले अचकल्ली भोक लाग्छ । खासमा यो शारीरिक भन्दा पनि मानसिक समस्या हो । यस किसिमको मनोवृत्तिलाई मुड स्विङ भनिएको छ ।
मुड स्वीङका लक्षणहरु

मुड स्वीङ आखिर कुनै अन्तर्निहित बिरामी या परिस्थितिको कारण भइरहेको छ । त्यो परिस्थिति यसको कारणमा निर्भर हुने गर्छ । मूड स्वीङका अलावा तपाईं स्वयंमा कैयौ मनोवैज्ञानिक लक्षण पनि देखिन आउन सक्छ ।

Arus

१. बेचैनी महसुस हुनु

२. हरेक समयमा उदासी या विरक्तता महसुस हुनु

३. मुड व्यवहार या व्यक्तित्वमा बदलाव आउनु

४. कुनै पनि वस्तु भुल्न लाग्नु वा भ्रमको स्थिति

५. कुनै पनि वस्तुमा ध्यान लगाउन नसक्नु

६. सोच्नु, बोल्नु र लेख्ने काममा समस्या सिर्जना हुनु ।

७. शरीरमा ऊर्जाको कमी हुनु वा हरेक समय थकान महसुस हुनु ।

मुड स्वीङको कारण

त्यसो त मुड स्वीङको समस्या जो सुकैको पनि हुन सक्छ । यसको लागि उनीहरुको जीवनशैली पनि जिम्मेवार हुन सक्छ ।

प्रीमेस्टुअल सिन्ड्रोम

यस्तो सिन्ड्रोम महिनावारी आउनुभन्दा १ वा २ हप्ताभन्दा पहिले देखिन थाल्छ । यस दौरान यो समयमा महिलाहरुमा मुड स्वीङका अलावा थकान, भोकमा बदलाव, डिप्रेसन जस्ता समस्या हुन्छ । विश्वभरका करिब ९० प्रतिशत महिलामा यो समस्या देखिन्छ ।

प्रिमेन्स्टुअल डाइस्फोरिक डिसअर्डर

यो प्रिमेन्टुअल सिन्ड्रमको दुर्लभ प्रकार हो । जुन विश्वको ५ प्रतिशत महिलाहरु यसबाट प्रभावित छन् । यसको लक्षणमा मुड बदलिनु, गम्भीर डिप्रेसन, हदभन्दा धेरै बेचैनी हुनु आदि पर्छ ।

तनाव

तनावले पनि तपाईंको शरीर वा स्वास्थ्यलाई कुनै नकुनै तरिकाले प्रभावित गर्छ । चिन्ता वा बेचैनीले लगातार तनाव बढाइरह्यो भने यसका कारण मुडमा अचानक परिवर्तन देख्न सकिन्छ ।

Karnali Traders

मानसिक रोगसँग जोडिएको कारण

हामीमा रहेको ज्ञात एवं अज्ञात मानसिक समस्याका कारण पनि यस्तो अवस्था सिर्जना हुने गर्छ ।

हर्माेनको असन्तुलन

हाइपोथाइराइडिज्म जसमा थाइराइड ग्ल्याड पर्याप्त मात्रामा हर्माेनको उत्पादन गरेन भने त्यो हर्माेनसँग जोडिएको सामान्य बिरामी मानिन्छ । जसको असर आफ्नो मुडमा पनि पर्ने गर्छ ।
यस बाहेक पनि प्रेग्नेन्सी, डिमेन्सीया आदि कारणले पनि यो समस्या सिर्जना गर्छ ।

मुड स्वीङको उपचार

मुड स्वीङको उपचारको लागि निम्नानुसार छन् ।

–नियमित रुपले एक्सरसाइज गर्नुहोस् ।

जब तनाव सुरु हुन्छ तब हरेक हप्ताको कम्तीमा ५ दिन ३० मिनेटसम्म एक्सरसाइज गर्नुहोस् । यसबाट तपाईंको शारीरिक एवं मानसिक स्वास्थ्यमा फाइदा गर्छ ।

–कफिन, सुगर र अल्कोहलको ज्यादा सेवन नगरौं ।

कफिनले थकानको कम महसुस त होला । तर यसका अलावा अल्कोहल एक किसिमको अवसाद पनि हो जसले खराब मुडलाई झनै खराब गराउन सक्छ ।

–तनावलाई नियन्त्रण गर्न सिकौं ।

चिन्ता तनाव र बेचैनी जस्तो लक्षणले मुड स्वीङलाई झनै बिगार्न सक्छ । त्यसैले यसलाई नियन्त्रण गर्नुपर्छ ।

– राम्रो निद्रा लिने प्रयास गरौं ।

दैनिक कम्तीमा ७देखि ८ घण्टासम्म राम्रो निद्रा शरीरलाई आवश्यक पर्छ । तनाव क मगर्नको लागि निद्रामा कन्जुस्याइँ गर्नु हुन्न ।

–चिकित्सकसँग सल्लाह लिनुहोस्

यदि यति गर्दा गर्दै पनि अचानक मुड अफ भयो भने चिकित्सकसँग सल्लाह र सुझाव लिन सक्नुहुन्छ । अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.