प्रकृतिमैत्री जीवन : आनन्द र उन्नतिका लागि

आधुनिक जीवनशैलीका कारण हामी प्रकृतिबाट विमुख हुँदैछौं । अनेक यन्त्र, उपकरण र भौतिक सुख–सुविधामा अभ्यस्त भइरहेका छौं । खानेकुरादेखि दैनिक काम–व्यवहारमा समेत कृतिम कुरा हावी हुँदै गएका छन् ।

जबकि मान्छे प्रकृतिकै एक अंश हो । प्रकृतिसँग तालमेल मिलाएर बाँच्नुपर्ने हो । तर, भौतिक सुख–सयलको चक्करमा हामी प्रकृतिबाट क्रमस टाढा–टाढा हुँदैछौं । हामीलाई हिँडडुल गर्नका लागि गाडी–मोटरसाइकल चाहिन्छ । खानका लागि बेमौसमी खानेकुरा चाहिन्छ । बस्नका लागि वाताअनुकुलित कोठा चाहिन्छ । यसरी सुविधाभोगी बन्दै गएको हाम्रो जीवनशैली अनेक रोगको दलदलमा फस्दैछ ।

हामीले पैदल हिँड्न छाडिसक्यौं । मौसममा पाक्ने, फल्ने खानेकुरा पर्खन छाडिसक्यौं । हावा, पानी, हिलो, माटोमा खेल्न छाडिसक्यौं । सूर्यअस्तपछि सुत्न र सूर्योदयअघि उठ्न छाडिसक्यौं । ढकमक्क फूलने फूलहरुसँग, हरियाली बनजंगलसँग रमाउन छाडिसक्यौं ।

हामीलाई त आरमदायक सोफामा पल्टिएर अनेकथरी व्यञ्जन खाँदै मोवाइलमा तल्लिन हुन बढी रुचीकर लाग्छ । रातभर जागा रहेर, बिहान अबेरसम्म ओछ्यानमै पल्टन मन लाग्छ । बेमौसममा फल्ने, पाक्ने खानेकुरालाई थरीथरी स्वादमा ढालेर खान लोभ लाग्छ । घरबाट दुई पाइला हिँड्ने ठाउँमा मोटरसाइकल चढ्न रहर लाग्छ । यसरी हाम्रो जीवनशैली कृतिम बन्दै गएको छ ।

आधुनिकताको नाममा हामी यसरी सुविधाभोगी बन्दैछौ कि, हामीलाई आफ्नै इन्द्रियहरुको प्रयोग गर्न पनि जाँगर चल्न छाडिसकेको छ । सामान्य हिसाब–किताब निकाल्न हामी मस्तिष्क चलाउँदैनौ, क्याल्कुलेटर दबाउन थाल्छौं ।

प्रकृति र जीवन

विश्वमा लामो आयु बाँच्ने र लामो उमेरसम्म पनि निरोगी रहनेहरुमा जापानी पर्छन् । जापानको पनि कुनै विशेष भेगका मानिसहरु सय बर्षभन्दा बढी उमेरसम्म बाँच्छन् । र, त्यो उमेरसम्म पनि उनीहरु उत्तिकै जोशिला, जाँगरिला हुने गर्छन् ।

उनीहरु कसरी यत्तिका उमेरसम्म बाँचे, कसरी जाँगरिला भए, कसरी निरोगी भए ? यस सम्बन्धमा खोज अनुसन्धान भइरहेको छ । र, ति अध्ययनहरुको निचोडले भन्छ, उनीहरु एकदमै सक्रिय जीवन विताउँछन् । धेरैजसो खेतीबालीको काम गर्छन् । प्राकृतिक जीवनशैलीमा आफुलाई अभ्यस्त गराउँछन् ।

उनीहरुको खानपान र जीवनशैली नियाल्दा थाहा हुन्छ, उनीहरु प्रकृतिमैत्री छन् ।

प्रकृतिसँग हामी जति लय मिलाउन सक्छौं, उत्तिनै खुसी पनि प्राप्त गर्न सक्छौं । प्रकृतिले हामीलाई स्वस्थ्य जीवन मात्र होइन, स्वस्थ्य खुसी पनि दिन्छ ।

प्राकृतिक एवं मौसमी खानेकुरा सेवन गर्ने, खेतीबालीमा सक्रिय हुने, बोट–बिरुवा रोप्ने एवं हुर्काउने, बगैंचामा समय विताउने जस्ता अनेक गतिविधिबाट पनि हामी प्रकृतिसँग नजिक हुन सकिन्छ ।

माटोको सम्पर्कमा रहँदा, पानी वा हिलोको सम्पर्कमा रहँदा पनि रोगप्रतिरोधात्मक क्षमता बढ्छ ।

खेतबारी एवं बनजंगलमा चराचुरुंगी कराएको आवाज, बनस्पतिको बास्ना आदिले मन आनन्दित हुन्छ । हामी तनामुक्त रहन्छौं । यसरी प्रकृतिसँग नजिक हुँदा हाम्रो शरीर निरोगी र बलियो हुन्छ । सानोतिनो रोगले छुँदैन ।

खानेकुरा प्रकृतिमै छ । कुन खानेकुरा कुन समयमा खाने, प्रकृतिले नै निर्धारण गरिदिएको छ । रोग निको बनाउन प्रकृतिमा नै अनेकथरी जडिबुटी एवं औषधि छन् । अनन्त खुसीको स्रोत पनि प्रकृतिमा नै छ ।

ऋतुचार्य अनुसार जीवनलाई डोहो¥यानुपर्छ । प्रकृतिले हामीलाई यस्तो सन्देश दिइरहेको हुन्छ कि हामीले प्रकृतिको हिसाब अनुसार आफु स्वय्मलाई परिवर्तन गर्नुपर्छ । जाडो, गर्मी, झरी प्रकृतिमा जब ऋतु परिवर्तन हुन्छ, तब हामी स्वयम् परिवर्तनका लागि तयार हुनुपर्छ ।

जसरी ऋतु बदलिएसँग प्रकृतिमा बदलाव देखिन्छ, त्यही अनुसार हाम्रो खानपान, रहनसहन, दिनचर्या, योगासनमा परिवर्तन ल्याउनुपर्छ ।

विहान सूर्योदयअघि उठ्नुपर्छ । यसलाई ब्रम्हा मुर्हूत पनि भनिन्छ । यसबेला वायुमण्डलमा स्वच्छ हावा चल्छ, जसलाई प्राणवायु पनि भनिन्छ । ब्रम्हा मुर्हूतमा स्वच्छ वायुले फोक्सो भरेपछि त्यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । अनलाइनखबर बाट सभार

 

Total
10
Shares
Related Posts

छाती दुख्ने समस्यामा घरेलु ओखती !!

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले ।…
पुरा पढ्नुहोस
Total
10
Share