सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी चार आनीबानीहरु, जसले शरीरलाई निरोगी बनाउँछ !!

त्यसो त शरीरमा रोग लाग्ने अनेक कारण हुनसक्छ । हामीले नचाहेरै वा सुरक्षित विधी अपनाउँदा अपनाउँदै पनि रोगको चपेटामा पर्न सक्छौं । रोग लागेपछि औषधि, उपचारको चक्करमा अस्पताल चाहर्नुपर्ने हुन्छ । यसले हामीलाई मानसिक पीडा त दिन्छ नै, आर्थिक रुपमा पनि कमजोर बनाउँछ ।

परिवारका एक जना सदस्य रोगी भएमा पुरा परिवार तनावग्रस्त हुन्छन् । उनीहरुको दैनिक काम–व्यवहारमा अवरोध आउँछ ।

त्यसैले संभव भएसम्म रोग लाग्न नदिनु सर्वोत्तम हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

धेरैजसो रोग लाग्नुमा हामी स्वयम् जिम्मेवार हुन्छौं । हाम्रो खराब आनीबानी, खानपान नै रोगको मूल कारण हुन्छ । यसैले केही खराब आनीबानी त्याग्ने हो भने हामी संभावित रोगको जोखिमबाट मुक्त हुन सक्छौं ।

Dirghayu Ads

तनावग्रस्त जीवन

तनाव यस्तो चिज हो, जसले हामीलाई झन् झन् कमजोर र रोगी बनाउँछ । यो कुनै पनि समस्याको समाधान होइन । यसकारण तनाव लिनु आफैलाई दुःख दिनु हो । तनावमुक्त रहनु धेरै रोगबाट बच्नु हो । तनावमुक्त रहनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि हामी कतिपय कुरामा तनाव लिइरहेका हुन्छौं । खासमा तनाव हाम्रो खराब काम–व्यवहारको नतिजा पनि हो । हामीले गर्ने कतिपय काम–व्यवहार यस्ता हुन्छन्, जसले तनावको स्थिती पैदा गर्छ ।
सामान्य जीवनशैली अपनाउने, धेरै ठूलो महत्वाकांक्षा नराख्ने, सबैसँग सुमधुर सम्बन्ध राख्ने, रिस नगर्ने जस्ता बानीले हामीलाई धेरै हदसम्म तनावबाट मुक्त राख्छ ।

Sana Kishan

पर्याप्त निद्रा

अनिन्द्रा अनेक रोगको कारण बन्न सक्छ । डिप्रेसनदेखि हृदयरोगसम्म अनिद्राले निम्त्याउँछ । र, गहिरो एवं पर्यापत निद्रा आफैमा ओखतीसमान हो ।
अहिले हामी ल्यापटप, मोवाइल आदिमा तल्लिन भएर निद्रा विथोलिएको छ । राती अबेरसम्म बस्ने प्रवृत्ति छ । यसले हाम्रो निद्राको जैविक चक्र बिग्रिएको छ र हामी अनिदो दिन कटाइरहेका छौं । पर्याप्त निद्राका लागि जरुरी छ, निश्चित समय तालिका । सधै एउटै समयमा सुत्ने र उठ्ने तालिकाले हामीलाई धेरै सहज बनाउँछ । सुत्नुअघि मोवाइल, ल्यापटप भन्दा पुस्तक पढ्ने बानी राम्रो हो ।

सही खानपान

खाना त शरीरका लागि महत्वपूर्ण कुरा भइहाल्यो । खाना आफैमा औषधि समान हो, यदि मिलाएर खान जानियो भने । खाना कस्तो खाने, कति खाने, कसरी खाने, कतिबेला खाने भन्ने कुरा निकै महत्वपूर्ण छ ।
सन्तुलित, मौसमी, पोषणयुक्त, सुपाच्य खानेकुरा शरीरका लागि जरुरी हुन्छ । स्वाद भन्दा पनि स्वास्थ्यका लागि खानुपर्छ भन्ने कुरालाई ख्याल गर्नुपर्छ । सकेसम्म आफैले उत्पादन गरेको, आफैले पकाएको खानेकुरा उपयुक्त हो । सबैको हकमा आफैले उत्पादन गर्न संभव नहुन सक्छ । यद्यपि उनीहरुले जैविक, मौसमी खानेकुराको छनौट भने गर्न सक्नुपर्छ ।

निस्क्रिय जीवन

निस्क्रिय जीवन पनि रोगको मूल कारण मानिएको छ । अहिले हामीलाई ऐश आरम चाहिएको छ । बसीबसी सबैकुरा पुगोस् भन्ने आकंक्षा राख्छौं । हामी बढी नै सुविधाभोगी भएका छौं ।
प्राय एक ठाउँमा बसेपछि उठ्न जाँगर चल्दैन । हिँड्न, काम गर्न, दौडन अल्छी लाग्छ । यसरी शारीरिक गतिविधि कम भएपछि हाम्रा शरीरका अंगहरु राम्ररी सक्रिय हुँदैनन् । नतिजा, रोगले शरीरलाई गाँज्न थाल्छ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.